News Portal

सुनवर्सि नगरपालिकाकाे सडक बेहाल

हिमाली संचार संवाददाता
७३२ पटक

फाईल तस्वीर।
रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको छ ।

सुनवर्सि नगरपालिका ५ टकुवा देखि गान्धि अाश्रम संग जाेडिएकाे सडक अहिले पानीका कारण अधिकान्स ठाउँहरुमा ठुलाठुला खाल्डाखुल्डी भएपछि स्थानीय बासि यातायातबाट बन्चित हुनु परेको छ ।

रंगेली बिराटनगर सडकमा चल्ने सार्वजनिक यातायात गान्धी अाश्रमसम्म दैनिकी साँझकाे समयमा जाने गरेता पनि सडकमा खाल्डाखुल्डी भएपछि एक महिना देखि उक्त सडकमा यातायात संन्चालनमा अाउन न सकेको सेन्टिगेटका भुवन रायले बताए ।

स्थानीय दिपेन्द्र ठाकुरका अनुसार सडकमा खाल्डाखुल्डी भएपछि अाफुहरुलाई रातिकाे समयमा काेहि गाउँमा बिरामी भएपछि रंगेली अस्पतालसम्म पुर्याउनु निकै समस्य परेको बताउँछन् । निजि बिधालयकाेे बस समेत उक्त सडकमा दैनिकी जसाे खाल्डाखुल्डीमा फस्ने गरेको र बिधार्थिहरु समेत जाेखिम पुर्ण तरिकाले बिधालय अाउन बाध्य रहेका छन । बिधालय समयमा नपुग्ने गरेको मिनिल्याड बाेडिङ स्कुलका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार उक्त सडक यस अार्थिक बर्षमा कालाेपत्रेे गर्ने याेजना रहेको र कुनकुन ठाउँमा उक्त सडकमा खाल्डाखुल्डी रहेका छन वडाध्यक्षसंग जानकारी लिने समेत बताए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...