News Portal

सुनवर्सि नगरपालिकाकाे सडक बेहाल

हिमाली संचार संवाददाता
६२१ पटक

फाईल तस्वीर।
रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको छ ।

सुनवर्सि नगरपालिका ५ टकुवा देखि गान्धि अाश्रम संग जाेडिएकाे सडक अहिले पानीका कारण अधिकान्स ठाउँहरुमा ठुलाठुला खाल्डाखुल्डी भएपछि स्थानीय बासि यातायातबाट बन्चित हुनु परेको छ ।

रंगेली बिराटनगर सडकमा चल्ने सार्वजनिक यातायात गान्धी अाश्रमसम्म दैनिकी साँझकाे समयमा जाने गरेता पनि सडकमा खाल्डाखुल्डी भएपछि एक महिना देखि उक्त सडकमा यातायात संन्चालनमा अाउन न सकेको सेन्टिगेटका भुवन रायले बताए ।

स्थानीय दिपेन्द्र ठाकुरका अनुसार सडकमा खाल्डाखुल्डी भएपछि अाफुहरुलाई रातिकाे समयमा काेहि गाउँमा बिरामी भएपछि रंगेली अस्पतालसम्म पुर्याउनु निकै समस्य परेको बताउँछन् । निजि बिधालयकाेे बस समेत उक्त सडकमा दैनिकी जसाे खाल्डाखुल्डीमा फस्ने गरेको र बिधार्थिहरु समेत जाेखिम पुर्ण तरिकाले बिधालय अाउन बाध्य रहेका छन । बिधालय समयमा नपुग्ने गरेको मिनिल्याड बाेडिङ स्कुलका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

सुनवर्सि नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार उक्त सडक यस अार्थिक बर्षमा कालाेपत्रेे गर्ने याेजना रहेको र कुनकुन ठाउँमा उक्त सडकमा खाल्डाखुल्डी रहेका छन वडाध्यक्षसंग जानकारी लिने समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...