News Portal

बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

हिमालीसंचार संवाददाता
५६० पटक

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्।

अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्वाइट हाउसमा ८ वर्ष बिताउनुभएको छ, त्यहाँ त्यस्ता कुनै ठाउँ छन्, जहाँ कोही लुकेर बस्न सकोस्? सिबिएस न्युजका अनुसार यो व्यंग्यात्मक प्रश्नमा हाँस्दै ओबामाले जवाफ दिए, ‘त्यसरी ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई हामी नेभी सिल (अमेरिकाको विशेष सैन्य टोली) परिचालन गरेर निकाल्छौं।’

यही नोभम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन्। ओबामा पनि डेमोक्रेट पार्टीकै नेता हुन् तर, वर्तमान राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर जितेको भन्दै आफ्नो हार अझै स्वीकार गरेका छैनन्।  बरु धाँधलीविरुद्ध अदालतमा मुद्दा हालेका छन्।

जर्जियामा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन्। बाइडेनले राष्ट्रपतिको चुनाव जित्न आवश्यक २ सय ७० भन्दा बढी इलोक्टोरल भोट ल्याइसकेका छन्। अब बाइडेन आगामी जनवरी २० मा औपचारिक रूपमा अमेरिकाको ४६औं राष्ट्रपतिका  रूपमा ह्वाउट हाउस प्रवेश गर्नुपर्ने हुन्छ।

तर ट्रम्पले सजिलै सत्ता नछाड्ने अडान लिइरहेकाले परिस्थिति कस्तो बन्छ भन्ने अन्योल देखिएको छ। यसै सन्दर्भमा ओबामाले माथि उल्लिखित चेतावनी दिएका हुन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...