News Portal

बाराकओबामा भन्छन्- ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ

हिमालीसंचार संवाददाता
६५६ पटक

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय)बाट निकालिने चेतावनी दिएका छन। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्।

अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्वाइट हाउसमा ८ वर्ष बिताउनुभएको छ, त्यहाँ त्यस्ता कुनै ठाउँ छन्, जहाँ कोही लुकेर बस्न सकोस्? सिबिएस न्युजका अनुसार यो व्यंग्यात्मक प्रश्नमा हाँस्दै ओबामाले जवाफ दिए, ‘त्यसरी ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई हामी नेभी सिल (अमेरिकाको विशेष सैन्य टोली) परिचालन गरेर निकाल्छौं।’

यही नोभम्बर ३ तारिख अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन्। ओबामा पनि डेमोक्रेट पार्टीकै नेता हुन् तर, वर्तमान राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर जितेको भन्दै आफ्नो हार अझै स्वीकार गरेका छैनन्।  बरु धाँधलीविरुद्ध अदालतमा मुद्दा हालेका छन्।

जर्जियामा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन्। बाइडेनले राष्ट्रपतिको चुनाव जित्न आवश्यक २ सय ७० भन्दा बढी इलोक्टोरल भोट ल्याइसकेका छन्। अब बाइडेन आगामी जनवरी २० मा औपचारिक रूपमा अमेरिकाको ४६औं राष्ट्रपतिका  रूपमा ह्वाउट हाउस प्रवेश गर्नुपर्ने हुन्छ।

तर ट्रम्पले सजिलै सत्ता नछाड्ने अडान लिइरहेकाले परिस्थिति कस्तो बन्छ भन्ने अन्योल देखिएको छ। यसै सन्दर्भमा ओबामाले माथि उल्लिखित चेतावनी दिएका हुन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...