News Portal

दोहा कतारमा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०५९ पटक

काठमाण्डौ – चर्चित गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईको संयुक्त आवाजमा रहेको “दोहा कतारमा” गीतको म्युजिक भिडियो गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। 

पुर्वाञ्चल खोटाङका साहित्यकार गजेन्द्र खालिङ राईको शब्द रचना रहेको “दोहा कतारमा” नवगायिका उर्मिला खालिङ राई र राई इच किङ राजेशपायल राईको युगल आवाजमा गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी हुन्।

गीतकार गजेन्द्र खालिङ राई प्रदेशी भूमि कतारमा रहेर पनी विशेष गाउधरका यादमा गजल, मुक्तक र गीतहरु लेखिरहने परिचित युवा साहित्यकार हुन्। उनी हरेक समयमा आफ्ना भावना कोरी रहेका हुन्छन्। गीतकार राई ठुलो मन भएका सामाजिक अभियन्ता समेत हुन्। राईको पहलमा आफ्ना गाउका लागि विधालय भवनदेखि अत्यावश्यक एम्बुलेन्स सेवा व्यावस्था समेत गरेका छन्।

सार्वजनिक म्युजिक भिडियो रेकर्डिङ साथै मिक्सिंग मुस्कान मुकारुङ राई, संगीतकार तथा ऐरेन्जर जीवी हाङ राईले संगीत गरेका गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो गीतकार राईले आफ्नो कर्मभूमि कतारका सुन्दर शहरका दृष्यलोकन देखाइएको छ भने गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईले स्टुडियो लिप्सिङ मार्फत म्युजिक भिडियोलाई पूर्णता दिइएको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...