News Portal

दोहा कतारमा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
११४९ पटक

काठमाण्डौ – चर्चित गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईको संयुक्त आवाजमा रहेको “दोहा कतारमा” गीतको म्युजिक भिडियो गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। 

पुर्वाञ्चल खोटाङका साहित्यकार गजेन्द्र खालिङ राईको शब्द रचना रहेको “दोहा कतारमा” नवगायिका उर्मिला खालिङ राई र राई इच किङ राजेशपायल राईको युगल आवाजमा गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी हुन्।

गीतकार गजेन्द्र खालिङ राई प्रदेशी भूमि कतारमा रहेर पनी विशेष गाउधरका यादमा गजल, मुक्तक र गीतहरु लेखिरहने परिचित युवा साहित्यकार हुन्। उनी हरेक समयमा आफ्ना भावना कोरी रहेका हुन्छन्। गीतकार राई ठुलो मन भएका सामाजिक अभियन्ता समेत हुन्। राईको पहलमा आफ्ना गाउका लागि विधालय भवनदेखि अत्यावश्यक एम्बुलेन्स सेवा व्यावस्था समेत गरेका छन्।

सार्वजनिक म्युजिक भिडियो रेकर्डिङ साथै मिक्सिंग मुस्कान मुकारुङ राई, संगीतकार तथा ऐरेन्जर जीवी हाङ राईले संगीत गरेका गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो गीतकार राईले आफ्नो कर्मभूमि कतारका सुन्दर शहरका दृष्यलोकन देखाइएको छ भने गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईले स्टुडियो लिप्सिङ मार्फत म्युजिक भिडियोलाई पूर्णता दिइएको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...