News Portal

गायक केशव राईको “जुनेली माया” उत्कृष्ट घोषित (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६९४ पटक

काठमाण्डौ – पूर्वाञ्चलमा पहिलो पटक आयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड विभिन्न २२ विधामा प्रदान गरेका विधामध्ये गायक तर्फ गायक केशव राईको “जुनेली माया” २०७७ उत्कृष्ट घोषित भए संगै गायक केशव राईले सम्पूर्ण श्रेय दर्शक श्रोतालाई दिदै सम्पूर्णमा आभार ब्यक्त गरेका छन्। 

गायक राई लामो समयदेखि प्रदेशी भूमि मकाउमा रहेका छन्।  मकाउमा बसेर नेपाली गीत संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएका राईको “जुनेली माया” रमपम पूर्वेली म्युजिक अवार्ड २०७७ उत्कृष्ट घोषित भएका थिए। राईका धेरै गीतहरु मध्ये “जुनेली माया” गीतले बर्षको उत्कृष्ट अवार्ड प्राप्त गरेको हो। 

गायक राईले जीवनको अविस्मरणीय क्षणहरु मध्ये दर्शक श्रोताको अपार माया, सपोर्ट र हौसला नै “जुनेली माया” गीत उत्कृष्ट बनाई दिएका हुनाले विशेष क्षण मध्येका महत्वपूर्ण अविस्मरणीय क्षण सम्झिदै हिमाली संचारसगको कुराकानीमा गायक राईले दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त समेत गरेका हुन्।

गायक राई लामो समयदेखि मकाउमा रहेका छन्। प्रदेशी भूमिमा बसेर नेपाली गीतसंगीत प्रतिको लगाव, झुकाव र निरन्तरताले यो सफलता प्राप्त भएको हो। गायक राई मकाउमा रहेका कारण आयोजित कार्यक्रममा सहभागी हुन सकेनन्। गायक राईको प्राप्त अवार्ड र प्रमाणपत्र गायक राईकी आमाले ग्रहण गर्नु भएको थियो । राईले जीवनका महत्वपूर्ण जनअनुमोदित अवार्ड पुज्यनीय श्रद्धेय माताको हातबाट ग्रहण गर्न पाउदा खुशी ब्याक्त गरेका छन्।

गायक राईले शब्द/संगीतकार जीवी हाङ राई, ऐरेन्जर कृष्ण भक्त राई, गायिका श्रेयसी चेम्जोङ, यस कार्यक्रममा सहभागिताका लागि दरखास्ता फारम भरिदिन विशेष सहयोग गर्नु हुने गायिका मेनुका राई, आयोजक, पत्रकार र विशेष धन्याबाद दर्शक श्रोता प्रति हार्दिक आभार ब्याक्त गरेका छन् । कार्यक्रम पूर्वको इटहरी शहरको होटल बरण्डामा सम्पन्न भएको थियो। 

उत्कृष्ट घोषित गीत यहाँ सुन्नुस्

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...