News Portal

झुक्याएर भारत लजादै गरिएका १२ युवतीको उद्धार

हिमालीसंचार संवाददाता
८५९ पटक

पर्सा – विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ। कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लजादै गरिएकाे सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो।

हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन्। सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पुर्‍याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ।

ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु २ हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो। पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पुर्याइएको थियो।

सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो। ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन्। आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गरे। रासस

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...