News Portal

गायक कमल बि.सी.माल्दाई र करिश्मा ढकालको नृत्यमा बबाल मच्चाउने नया तिज गीत बजारमा (भिडियो)

हिमाली सञ्चार संवाददाता
७४१ पटक

काठमाडौं – पछिल्लो समयका चर्चित युवा गायक कमल बि.सी. माल्दाईको स्वर तथा अभिनयमा नयाँ तिज गीत सार्वजनिक भएको छ । गायक बिसी र सीता बोहराको आवाजमा “नाँच माया लजाउँदै लजाउँदै” बोलको तिज गीत सार्वजनिक भएको हो । छमछमी नचाउने खालको यस गीतमा स्वयं गायक कमल बि.सी. माल्दाई, करिश्मा ढकाल र बैभव अधिकारीले नृत्य तथा अभिनय गरेका छन ।

अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस गीतको छायाँकन प्रकाश खड्काले गरेका हुन भने सम्पादन राजेश कुमारको रहेको छ । निकै मौलिक धारमा तयार भएको यस गीतको शब्द गायक स्वयं कमल बिसी माल्दाईको रहेको छ भने लय खेम सेन्चुरीको रहेको छ । बागेश्वरी म्युजिकले बजार ब्यवस्थापन गरेको यस गीतको दृश्य निर्माण बि. स्टार फिल्मसले गरेको हो ।

गायक कमल बिसी माल्दाईले गीत निकै मौलिक र छमछमी नचाउने खालको भएकाले सबैले गीत रुचाउने बताउनु भयो । उहाँले आफुले डिजे र समय परिबेशका जति गीतहरु गाएपनि मौलिक धारका गीतहरुलाई आफूले कहिले पनि नबिर्सने बताउनुभयो । गायिक सीता बोहराले आफ्नो दोस्रो तीज गीत सबै स्रोता दर्शकहरुले रुचाउनेमा आफु आशाबादी रहेको बताउनुभयो । गायिका बोहराका छोरा बैभव अधिकारीले यस गीतमा नृत्य समेत गरेका छन ।

यस गीतकी मोडल करिश्मा ढकालले यसबर्ष आफुले नृत्य गरका अन्य गीतहरुमध्ये यो गीतको अडियो नै निकै उत्कृष्ट भएकाले भिडियो झनै उत्कृष्ट बनेको बताईन ।

हेर्नुहोस गीतको पूरा भिडियो।

https://youtu.be/_Zwn3t96hI4

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...