News Portal

खोटाङको बाह्रपोखरीमा भएको ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

हिमालीसंचार संवाददाता
५१६ पटक

खोटाङ – खोटाङमा भएको ट्याक्सी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

खोटाङको बाह्रपोखरी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बंशिलाढाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० ट्याक्सी अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना उदयपुर चौदण्डीगढी नगरपालिका ८ बस्ने वर्ष २० की बृहस्पति राई , खोटाङको बाह्रपोखरी गाउँपालिका ६ बस्ने वर्ष ४५ को बच्छुमान राई र सोही स्थानमा बस्ने वर्ष ४० को विश्व राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

यस्तै,उदयपुरको चौदण्डीगढी ८ का मृतक बृहस्पति राईको ९ महिने छोरा बिप्सन राई, सोही स्थानका वर्ष २८ को छत्र बहादुर राई, ३० वर्षीय दिपल परियार राई र खोटाङ बाह्रपोखरी गाउँपालिका ६ बस्ने मृतक बच्छुमान राईको श्रीमती वर्ष ३२ की नबिना राई घाइते भएका छन्। उनीहरूको धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्सीका चालक उदयपुर चौदण्डिगढी नगरपालिका ६ बस्ने वर्ष २७ को याम बहादुर बिकलाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...