News Portal

खोटाङको बाह्रपोखरीमा भएको ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

हिमालीसंचार संवाददाता
६१४ पटक

खोटाङ – खोटाङमा भएको ट्याक्सी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

खोटाङको बाह्रपोखरी गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा बंशिलाढाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० ट्याक्सी अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना उदयपुर चौदण्डीगढी नगरपालिका ८ बस्ने वर्ष २० की बृहस्पति राई , खोटाङको बाह्रपोखरी गाउँपालिका ६ बस्ने वर्ष ४५ को बच्छुमान राई र सोही स्थानमा बस्ने वर्ष ४० को विश्व राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

यस्तै,उदयपुरको चौदण्डीगढी ८ का मृतक बृहस्पति राईको ९ महिने छोरा बिप्सन राई, सोही स्थानका वर्ष २८ को छत्र बहादुर राई, ३० वर्षीय दिपल परियार राई र खोटाङ बाह्रपोखरी गाउँपालिका ६ बस्ने मृतक बच्छुमान राईको श्रीमती वर्ष ३२ की नबिना राई घाइते भएका छन्। उनीहरूको धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्सीका चालक उदयपुर चौदण्डिगढी नगरपालिका ६ बस्ने वर्ष २७ को याम बहादुर बिकलाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...