News Portal

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

हिमालीसंचार संवाददाता
५०६ पटक

काठमाडौँ – कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ। शुद्धोधन गाँउपालिका-६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो।

बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिकाकै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन्।

आफूलाई बचाउने प्रयासमा युवती गम्भीर घाइते भएकी छन्। युवतीले प्रतीकार गरेपछि ती दुई युवाले युवतीमाथ कुटपीट गरेका थिए। घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको नेपालसमाचारपत्रमा खबर छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...