News Portal

जग्गा नाममा पास नहुँदै स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया सुरु

५८० पटक

गाेविन्द केसी/यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखले आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि हतारहतारमा जग्गापासविनै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण चरणमा पुगेको छ। आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि नारायण नगरपालिका-६ विजौरामा जग्गा स्वास्थ्यचौकीको नाममा पास नभई ठेक्का मार्फत घर ढलान भएको हो।

नियम कानुनको अधिनमा रहेर ठेक्का प्रक्रिया हुनुपर्नेमा स्वास्थ्यचौकीको नाममा जग्गा नआउँदै हतारहतारमा निर्माण चरण हुनुले नगरप्रमुखदेखी कर्मचारीको कार्यशैलीमा प्रश्न खडा भएको छ। उक्त जग्गा तुलसा थापाको नाममा रहेको छ।

उनले ५ लाख रुपैँया ऋणमा कृषि विकास बैंक उक्त जग्गा धरौटी राखेकी छिन्। ३ लाख १० हजार रुपैँया बैंकमा बुझाएकी छिन्। जग्गा तुलसाको नाममा आउन १ लाख ९० हजार रुपैँया बैंकलाई दिनुपर्ने देखीन्छ।

तुलसाको नाममा उक्त जग्गा आएपछि अनि आधारमुत स्वास्थ्य सेवा केन्द्रको नाममा दान हुनेछ तर, हतारमा सवै प्रक्रिया मिचेर टेण्डर मार्फत भवन निर्माण थालिएको हो। अहिले पुष समान्तमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ।

जग्गा कृषि विकास बैंकमा राखेको छु। अँझ तिर्न बाँकी रहेकाले आफ्नो नाममा जग्गा आएपछि स्वास्थ्य चौकीको नाममा दिने तुलसाले बताईन। ३७ लाखको स्टेमेट भएपनि ठेक्का मार्फत भ्याट सहित २९ लाखमा सम्झौता भएर भवन निर्माण कार्य भएको हो।

श्रोतका अनुसार नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले जग्गा पास नहुँदै जवरजस्ती ठेक्का प्रक्रियामा लिन दवाव दिएको बुझिएको छ। जग्गा स्वास्थ्यचौकीको नाममा नआई ठेक्का प्रक्रिया नै हुन नसक्ने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताए।

कसरी ठेक्का भो त्यो मलाई थाहा भएन्। प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, दान दिएको जग्गा भन्ने सुनेको हो। जग्गा पास भएनभएको थाहा भएन्। म प्रमुख नहुँदै अघिल्लो आर्थिक वर्षमा ठेक्का भएको हुनसक्छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...