News Portal

चीनको बाटो प्रयोग गरेर रसायनिक मल ल्याइने

हिमालीसंचार संवाददाता
५६४ पटक

दुर्गा श्रेष्ठ, सिन्दुपाल्चोक – चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन सरकारले प्रक्रिया शुरु गरेको छ। चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो ।

चीनसंग जोडिएको नाका तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल नेपाल ल्याउने कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो । बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याई सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

‘ओमन, रसिया वा चीन जहाँसुकै किनेको भएपनि चिनियाँ सामुन्द्रिक बन्दरगाह भएर रसुवागढी र तातोपानीबाट ल्याइने गरी बोलपत्र खोलिएको छ,’ भण्डारीले भने । चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ । मल आपूर्ति सम्बन्धमा मन्त्रालयले गरेको एक अध्यायनमा सानो परिमाणको मल ७० दिनमै चीनतर्फबाट भित्र्याउन सकिने देखिएको थियो ।

सोहीअनुसार चीनतर्फको बाटोको विकल्पमा सरकार गएको मन्त्रलयले जनाएको छ । यसअघि भारतीय जलमार्ग भएर मल आयात गर्दा ढुवानीको लागि १०७ दिन लाग्ने गरेको थियो । चीनको केरुङबाट मल ट्रकमा ढुवानी गर्नेगरी सानो परिमाणको मलका लागि टेण्डर गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको बोलपत्रमा ४५ दिनभित्र चित्तबुझ्दो ठेकदार आए बोलपत्र स्वीकृत हुने र खरिद प्रक्रिया थालिने छ । यो मलको लागत मूल्य दक्षिणी नाकाकै जस्तो राखिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...