News Portal

चीनको बाटो प्रयोग गरेर रसायनिक मल ल्याइने

हिमालीसंचार संवाददाता
६४० पटक

दुर्गा श्रेष्ठ, सिन्दुपाल्चोक – चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन सरकारले प्रक्रिया शुरु गरेको छ। चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो ।

चीनसंग जोडिएको नाका तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल नेपाल ल्याउने कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो । बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याई सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

‘ओमन, रसिया वा चीन जहाँसुकै किनेको भएपनि चिनियाँ सामुन्द्रिक बन्दरगाह भएर रसुवागढी र तातोपानीबाट ल्याइने गरी बोलपत्र खोलिएको छ,’ भण्डारीले भने । चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ । मल आपूर्ति सम्बन्धमा मन्त्रालयले गरेको एक अध्यायनमा सानो परिमाणको मल ७० दिनमै चीनतर्फबाट भित्र्याउन सकिने देखिएको थियो ।

सोहीअनुसार चीनतर्फको बाटोको विकल्पमा सरकार गएको मन्त्रलयले जनाएको छ । यसअघि भारतीय जलमार्ग भएर मल आयात गर्दा ढुवानीको लागि १०७ दिन लाग्ने गरेको थियो । चीनको केरुङबाट मल ट्रकमा ढुवानी गर्नेगरी सानो परिमाणको मलका लागि टेण्डर गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको बोलपत्रमा ४५ दिनभित्र चित्तबुझ्दो ठेकदार आए बोलपत्र स्वीकृत हुने र खरिद प्रक्रिया थालिने छ । यो मलको लागत मूल्य दक्षिणी नाकाकै जस्तो राखिएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...