News Portal

कर्णालीका ट्राफिक प्रहरी जवानलाई राम्रो ठाँउमा खटाएबापत मोटो रकम हाकिमलाई दिनुपर्ने बाध्यता

८१७ पटक

सुर्खेत – ट्राफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ। ट्राफिक प्रहरीले आफ्ना हाकिमहरुलाइ रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिने गरेको रहस्य खुलेको छ।

केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालकसंग रकम लिएको खुलेको थियो। त्यो रकम उनिहरुले आफ्ना हाकिमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको लागी दिने गरेको समेत पाईएको छ।

प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आफ्ना मातहतका ट्राफीक नाका र पोष्टहरुमा मासिकरुपमा रेट तोकेर रकम असुल्ने गरेको ट्राफिक प्रहरीको स्रोतले जनाएको छ। ट्राफिक प्रहरीले कर्णाली प्रदेश र सुर्खेतका मुख्यनाका र धेरै यातायातको चापहुने क्षेत्रमा जानको लागी कार्यालय प्रमुखलाई धेरै रकम दिने गरेको नाम नबताउने शर्तमा एकजना प्रहरीले बताए।

विषेश गरेर प्रदेश राजधानी रहेको वीरेन्द्रनगरको सुब्बाकुना र ईत्रामको पानी ट्यांकीमा स्थायी ड्युटिको लागी २५ हजार मासिक बुझाँउने गरेका छन। यस्तै छिन्चु १५ हजार, जहरे ५ हजार, बबई १४ हजार, गोठीकाडाँडा ८ हजार र बाँङगेशिमल जानको लागी १५ हजार सम्म रकम दिने प्रहरी प्रमुखलाई दिनुपर्ने बाध्यता छ।

यस्तै सुर्खेत र दैलेखको सिमाना गुराँसे जानको लागी २५ हजार, सल्यानको कपुरोटकोलागी १५ हजार, सल्यानकै सल्लीबजारको लागी ८ हजार, दैलेखको तल्लोडुगेश्वरको लागी २५ हजारसम्म रकम कार्यालय प्रमुखलाई मासिक रुपमा बुझाउनुपर्ने हुन्छ।

यसरी कार्यालय प्रमुखलाई मासिक रुपमा धेरै रकम दिनुपर्ने बाध्यता भएको र तल्लो दर्जाका गलत आचरण भएकाहरु नाकामा जाने र अबैध असुलीमा लाग्ने गरेको पाईएको छ।

यता, ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख राकेश सिहँले यदी कसैले रकम लिएको पाईए कारबाहरी गर्ने बतानुभयो। ट्राफिक प्रमुख सिहँले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यसबारे वास्तविता बुझ्ने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...