News Portal

कर्णालीका ट्राफिक प्रहरी जवानलाई राम्रो ठाँउमा खटाएबापत मोटो रकम हाकिमलाई दिनुपर्ने बाध्यता

७५७ पटक

सुर्खेत – ट्राफिक प्रहरीका प्रमुखहरुले नै प्रहरी जवान र हवल्दारबाट विभिन्न नाकाबाट पैसा नै तोकेर रकम असुल्ने गरेको आरोप लागेको छ। ट्राफिक प्रहरीले आफ्ना हाकिमहरुलाइ रकम कबुल गरेर नाकामा गएबापत मोटो रकम दिने गरेको रहस्य खुलेको छ।

केहीदिन अघि सुर्खेतको छिन्चुबाट एक जना प्रहरी हवल्दार र प्रहरी जवानले अटो चालकसंग रकम लिएको खुलेको थियो। त्यो रकम उनिहरुले आफ्ना हाकिमलाई खुशी बनाउन र आफुले चाहेको स्थानमा जानको लागी दिने गरेको समेत पाईएको छ।

प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आफ्ना मातहतका ट्राफीक नाका र पोष्टहरुमा मासिकरुपमा रेट तोकेर रकम असुल्ने गरेको ट्राफिक प्रहरीको स्रोतले जनाएको छ। ट्राफिक प्रहरीले कर्णाली प्रदेश र सुर्खेतका मुख्यनाका र धेरै यातायातको चापहुने क्षेत्रमा जानको लागी कार्यालय प्रमुखलाई धेरै रकम दिने गरेको नाम नबताउने शर्तमा एकजना प्रहरीले बताए।

विषेश गरेर प्रदेश राजधानी रहेको वीरेन्द्रनगरको सुब्बाकुना र ईत्रामको पानी ट्यांकीमा स्थायी ड्युटिको लागी २५ हजार मासिक बुझाँउने गरेका छन। यस्तै छिन्चु १५ हजार, जहरे ५ हजार, बबई १४ हजार, गोठीकाडाँडा ८ हजार र बाँङगेशिमल जानको लागी १५ हजार सम्म रकम दिने प्रहरी प्रमुखलाई दिनुपर्ने बाध्यता छ।

यस्तै सुर्खेत र दैलेखको सिमाना गुराँसे जानको लागी २५ हजार, सल्यानको कपुरोटकोलागी १५ हजार, सल्यानकै सल्लीबजारको लागी ८ हजार, दैलेखको तल्लोडुगेश्वरको लागी २५ हजारसम्म रकम कार्यालय प्रमुखलाई मासिक रुपमा बुझाउनुपर्ने हुन्छ।

यसरी कार्यालय प्रमुखलाई मासिक रुपमा धेरै रकम दिनुपर्ने बाध्यता भएको र तल्लो दर्जाका गलत आचरण भएकाहरु नाकामा जाने र अबैध असुलीमा लाग्ने गरेको पाईएको छ।

यता, ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख राकेश सिहँले यदी कसैले रकम लिएको पाईए कारबाहरी गर्ने बतानुभयो। ट्राफिक प्रमुख सिहँले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यसबारे वास्तविता बुझ्ने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...