News Portal

सिन्धुपालचोक पहिरो: १३ जना शव भेटिए, १८ वेपत्ता

हिमाली संचार संवाददाता
६४४ पटक

ईश्वर गुभाजु/सिन्धुपालचोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २०७७/५/२८ गते राति खसेको पहिरोले पहिरोले २२ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन्।

बाह्रबिसे नगरपालिका–७ वडाध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा १३ जनाको शव फेला परेको छ। नागुँचे भिर्खरकमा जम्मा ३१ जना बेपत्ता भएका मध्ये १३ जनाको शव भेटिए १८ जना वेपत्ता छन् भने, ४ जना घाइतेको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

अहिले बाह्रबिसे नगरपालिकाले दाल, चामल, नुन, तेल, दालमोट जस्ता खाने कुराहरू वितरण गरेका छन्। अहिले बिभिन्न निकाय संस्थाहरूबाट सहयोग आउने क्रम जारी रहेको कुरा स्थानिय शिक्षक बजिरसिह भण्डारीले हिमालीसंचारलाई जानकारी दिए।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले पीडितको लागि अस्थायी टेन्ट लागि सुरक्षित ठाऊमा अस्थाई बासस्थान साथै उद्धारकार्यलाई जारी राखेको मीन बहादुर श्रेषठले जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...