News Portal

सांसदले भनिन् : मधेसी भएकाले राष्ट्रियसभामै  पीडित छु

हिमाली संचार संवाददाता
७५९ पटक

काठमाडौं – संघीय समाजवादी फोरमकी सांसद प्रमिलाकुमारीले आफू राष्ट्रियसभाभित्रै हेपिएको गुनासो गरेकी छन् ।

मंगलबार राष्ट्रियसभामा धारणा राख्दै उनले मधेसी महिला भएको कारण आफूले राष्ट्रियसभामा कुनै सुविधा नपाएको बताइन् ।

राष्ट्रियसभाका कतिपय सांसद र नेताहरुले नियमले नमिले पनि मन्त्रिपरिषदबाट पारित गराएर सेवा सुविधा लिएको भन्दै उनले आफूलाई भने हेपिएको गुनासो गरिन् ।

‘जुन कुरा नियमले मिल्दैन, त्यही कुरा क्याविनेटबाट डिसिजन गराएर राष्ट्रिय सभाका माननीय र नेताले सुविधा पाएका छन्, म मधेसी चेली भएकाले मलाई हेपिएको छ’ उनले भनिन् ‘म संघीय समाजवादी फोरम नेपालको राष्ट्रियसभाको नेता हुँ तर कुनै सुविधा पाएको छैन । के म मधेसी महिला भएको कारणले हो ?’

हरेक कुरामा मधेसीलाई हेप्ने गरिएको भन्दै सांसद प्रमिलाकुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिवद्धता गरेर पनि संशोधन नगरेर मधेसीलाई अपमान गरेकेा बताइन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...