News Portal

मकाउमा गायक केशव राईको “नागवेली केस तिम्रो” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६७४ पटक
२०७७ साउन २४, शनिवार

मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै नेपाली सागीतिक क्षेत्रमा आफ्नो निरन्तरता दिदै आएका गायक राईले लकडाउनको समयमा “नाग वेली केस तिम्रो…!” मकाउ स्थित हिमालयन हाउस, ताईपामा एक कार्यक्रमको आयोजना गरेर गायक राईको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गायक केशव राईको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विशेष अतिथि गीतकार, किराया मकाउका महासचिव तथा एनआरएन आईसीसी सदस्य मंगल राई, अतिथि तामाङ धेदुङ समाजका महासचिव शुक्र लामा, अतिथि किराया अध्यक्ष भिम कुमार राई, अतिथि तमु समाज मकाउका सचिव राजेश गुरुङ, अतिथि शेर्पा समाज मकाउका कोषाध्याक्ष छिरिङ शेर्पा रहेको कार्यक्रममा स्वागत मन्तव्य विष्णु केसीले दिएकी थिइन भने स्वागत नृत्य कलाकार सशी गुरुङको रहेको कार्यक्रममा राजेश गुरुङ, छिरिङ शेर्पा ‘क्षितिज’, शुक्र लामा, भिम कुमार राई, मंगल राई, पुर्ण बहादुर गुरुङले आफ्नो धारणा राखेका कार्यक्रममा गायक केशव राई र  सशि गुरुङले विमोचन भएका गीत गाएका थिए।

कार्यक्रममा कलाकार समुहलाई सम्मान स्वरूप प्रशंसा पत्र वितरण गरेका थिए । मकाउमा विमोचन भएका गीतको अनुभवी संगीतकार कृष्ण भक्त राईको संगीत रहेका गीतमा फिचरिङ विकाश सापकोटा, बिष्णु केसीले गरेका छन् । श्रृङगार रिता राई, कुमारी लिम्बु, यातायातमा पदम लामा, म्युजिक भिजियोको छायांकन महेश जोशीले र निर्देशक वीरेन्द्र वाईबाले गरेका छन् । आयोजित कार्यक्रम वीरेन्द्र वाइबाले संचालन गरेका थिए ।

मकाउको सुन्दर स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार शुशिला राई, पार्वती लिम्बु, गीता मगर शेर्पा, सशि गुरुङ लगायदको नृत्य रहेको छ । यसरी मकाउमा छायांकन गरिएको म्युजिक भिडियो “नागवेली तिम्रो केस…!” पहिलो रहेको निर्देशक वीरेन्द्र वाईबाले हिमाली संचारसंगको कुराकानीमा बताएका छन्। भिडियो यहाँ हेर्नुस् 

https://youtu.be/xk68ZQOoHXM

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...