आदिवासी जनजाती महासंघ कुवेतले २६ औ विश्व आदिबासी दिवस मनाउने

कुबेत – पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व आदिवासी दिबस यही आउदो अगष्ट ७ तारिख २०२०,शुक्रबार दिन स्थानिय समय अनुसार दिनको ठीक १ बजे प्रमुख अतिथी, केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख,श्री गोबिन्द छ्न्त्यालको साथ जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिवासी दिबस मनाईने जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले जानकारी दिएका छन।
विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउदै आएको छौ। यसपाली भने बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसले गर्दा कुनै पनि सामुहिक भेला,सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्था भएकोले कुबेत सरकारको नियमलाई पालन गर्दै जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिबासी दिवस मनाउने भएको छ।
विश्व आदिवासी दिवस अगष्ट ९ तारिख परेता पनि यहाँको परिस्थिति अनुकुल भएकोले अगष्ट ७ तारिख शुक्रबारको दिन कार्यक्रम गर्ने निर्णय भएको हो,नेपाल आदिवासी जनजाति महासंघ कुबेतको मुल आयोजनामा, महासंघमा आबद्ध जातीय संघ संस्थाहरु तमू समाज कुबेत,तमू प्ये ल्हु संघ कुवेत, नेपाल मगर संघ शाखा कुबेत,नेपाल तामाङ घेदुङ कुवैत,किरात राई यायोक्खा शाखा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत, नेवा:गूठी कुवेत,सुनुवार सेवा समाज कुबेत,८ सँस्था महासंघमा आबद्ध छन। यस जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागी भैदिनु हुन कुबेतको सम्पूर्ण आदिबासी दाजु भाई तथा दिदी बहिनीहरु लाई नेपाल आदिबासी महासंघ कुबेत हार्दिक अनुरोध गर्दाछ।
कार्यक्रमको विवरण
मिति : ७ अगष्ट २०२० शुक्रबार
समय : दिनको ठिक १:00 बजे
जुम भर्चुअल भिडियोकन्फ्रेस
आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा










