News Portal

बाढी र पहिरोबाट कर्णाली प्रदेशमा ३५ जनाको मृत्यु

हिमाली संचार संवाददाता
७९२ पटक

२०७७ साउन १६, शुक्रबार
सुर्खेत – बाढी र पहिरोमा परी पछिल्लो महिनादिन यता कर्णाली प्रदेशमा ३५ जनाको मृत्यु भएको सरकारी तथ्याँक छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जाजरकोटमा १५ जना, कालीकोटमा १३ जना, रुकुमपश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको जनाएको छ।

प्रदेश प्रहरी प्रमुख बसन्त पंन्तले मनसुन सुरु भएयता पहिरो र बाढीमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता रहेका जानकारी दिनुभयो।

कालीकोटमा ७ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको उहाँको भनाई छ। बाढीपहिरोले कालीकोटका ४४ घरका २ सय ६५ जना विस्थापित भएका छन।

रास्कोट नगरपालिकाका १३ घर, सान्नी त्रिवेणी गाउँपालिकाका ५ घर र नरहरिनाथ गाउँपालिकाका २५ घर विस्थापित भएका छन्।

उनीहरुमध्ये केहीलाई विद्यालय र केहीलाई पाल टाँगेर जंगलमै राखिएको स्थानिय प्रशासनले जनाएको छ।
(तस्वीर- कर्णालीसंदेश)

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...