News Portal

विराटनगरमा कार्यरत १९ प्रहरीमा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
६४१ पटक

२०७७ साउन ११, आइतबार
अनिल श्रेष्ठ/विराटनगर – नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा आइतबार कोरोना संक्रमण देखिएको छ।

विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसबारे आधिकारिक सूचना प्रदेश प्रहरीले सार्वजनिक गरिसकेको छैन। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताए।

‘प्रदेश प्रहरीमा संख्या तोकेर अहिलेसम्म जानकारी नआएपछि केही प्रहरीमा लागेको भनेर सूचना आएको छ,’ उनले भने, ‘संक्रमित देखिएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी सुरू गरिएको छ।

यस अघि प्रदेश प्रहरीमा कार्यरत ५ जना प्रहरीमा कोरोना देखिएको थियो। हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

अहिले संक्रमण देखिएको अधिकाश प्रहरी जवान हुन्। आइतबार मात्र प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ।

आइतबार संक्रमण देखिएका मध्ये विराटनगरको मात्र २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्राललयले जनाएको छ।

आइतबार इलाममा ९ जनालाइ संक्रमण देखिएको छ। आइतबार सम्म ३१ नयाँ थपिएसँग प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुगेको छ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...