News Portal

विराटनगरमा कार्यरत १९ प्रहरीमा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
५७५ पटक

२०७७ साउन ११, आइतबार
अनिल श्रेष्ठ/विराटनगर – नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा आइतबार कोरोना संक्रमण देखिएको छ।

विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसबारे आधिकारिक सूचना प्रदेश प्रहरीले सार्वजनिक गरिसकेको छैन। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताए।

‘प्रदेश प्रहरीमा संख्या तोकेर अहिलेसम्म जानकारी नआएपछि केही प्रहरीमा लागेको भनेर सूचना आएको छ,’ उनले भने, ‘संक्रमित देखिएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी सुरू गरिएको छ।

यस अघि प्रदेश प्रहरीमा कार्यरत ५ जना प्रहरीमा कोरोना देखिएको थियो। हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

अहिले संक्रमण देखिएको अधिकाश प्रहरी जवान हुन्। आइतबार मात्र प्रदेश १ मा ३१ जनामा कोरोना संक्रमण देखिएको छ।

आइतबार संक्रमण देखिएका मध्ये विराटनगरको मात्र २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्राललयले जनाएको छ।

आइतबार इलाममा ९ जनालाइ संक्रमण देखिएको छ। आइतबार सम्म ३१ नयाँ थपिएसँग प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुगेको छ।

प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...