News Portal

स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन दिन्नौं : कांग्रेस सभापति देउवा

हिमाली संचार संवाददाता
७६८ पटक

बुटवल – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन नदिने बताएका छन् । पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट पारे ।

बुटवलस्थित एक टेलिभिजनको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले अमुख दलका नेताको निर्देशनमा संचारमाध्यममाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । ‘हामी त्यस्ता सीडीओलाई कारवाही गरेरै छाड्छौं’ देउवाले भने, ‘यो कुरा म काठमाडौं गएर पनि उठाउँछु ।’

उनले प्रदेश ५ मा रहेका संचारमाध्यमहरुलार्इ बुद्ध दर्शन र बुद्ध शिक्षालाई प्रचार गर्न सुझाव दिए । मुलुकमा शान्ति र स्थिरताका लागि बौद्ध दर्शनको प्रचारप्रसार आवश्यक पर्ने उनले बताए ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र कसैले सार्न नसक्ने बताए । मुख्यमन्त्री शंकर पोखरेल, सभामुख कृष्णबहादुर महराले प्रदेशको राजधानी सार्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै त्यो प्रयास सफल नहुने स्पष्ट पारे ।

भैरहवामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल, प्रशस्त भौतिक पूर्वाधार रहेको भन्दै उनले प्रदेशको स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएको तर्क गरे । खांणले वर्तमान सरकारबाट स्वतन्त्र प्रेसमाथि प्रहार भइरहेको भन्दै उनले सरकारको आलोचना र विरोधमा समाचार लेखेका भरमा अन्तर्वार्ता गरेका आधारमा पत्रकारहरुलाई जागिरबाट निकालिएको दाबी गरे ।

नेकपा प्रदेश संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेकोमा देउवालाई धन्यवाद दिए । उनले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र लैजान खोजिए विगतको जस्तै आन्दोलन चर्किने चेतावनी दिए ।

कांग्रेस नेता चन्द्र भण्डारीले चुड्किला र उखानमा रमाएर विचार नपुर्‍याई भोट हाल्दा जनता मारमा परेको बताए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...