News Portal

कांग्रेस संसदीय दलका नेता शाहीद्वारा पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
९७० पटक

२०७७ असार २६, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलले प्रतिपक्ष कांग्रेसले स्पष्ट किटानीका साथ सुझाव दिएपछि मात्रै प्रदेश सरकारले बजेटमा सुधार गरेको दाबी गरेको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पत्रकार सम्मेलन गरी कर्णाली प्रदेशको बजेट सुधारिएर आएपछि मात्रै पास गरेको बताउनु भयो।

सुरुमा गोलमटोल गरेर बजेट ल्याएको, चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्था उल्लेख नभएको, बजेट खर्च गर्ने स्थान र बजेट स्पष्ट उल्लेख नभएपनि कांग्रेसको सुझावपछि यसमा सुधार भएको जिकिर गर्नुभयो।

नेता शाहीले प्रदेश सरकारले बर्षेनी बजेट ल्याउने क्रममा त्रुटि नै त्रुटिहरुसहित आउने भएकोले प्रतिपक्षले त्रुटि सच्याउन आग्रह गरेको र यसपाली सरकारले पनि मानेको बताउनु भयो।

उहाँले प्रदेश सरकार र कार्यरत कर्मचारीहरुवीचको अपरिपक्वताले बजेट जस्तो संवेदनशील विषयलाई हलुका बनाइएको आरोप पनि लगाउनु भएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...