News Portal

कांग्रेस संसदीय दलका नेता शाहीद्वारा पत्रकार सम्मेलन

हिमाली संचार संवाददाता
८५४ पटक

२०७७ असार २६, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलले प्रतिपक्ष कांग्रेसले स्पष्ट किटानीका साथ सुझाव दिएपछि मात्रै प्रदेश सरकारले बजेटमा सुधार गरेको दाबी गरेको छ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पत्रकार सम्मेलन गरी कर्णाली प्रदेशको बजेट सुधारिएर आएपछि मात्रै पास गरेको बताउनु भयो।

सुरुमा गोलमटोल गरेर बजेट ल्याएको, चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्था उल्लेख नभएको, बजेट खर्च गर्ने स्थान र बजेट स्पष्ट उल्लेख नभएपनि कांग्रेसको सुझावपछि यसमा सुधार भएको जिकिर गर्नुभयो।

नेता शाहीले प्रदेश सरकारले बर्षेनी बजेट ल्याउने क्रममा त्रुटि नै त्रुटिहरुसहित आउने भएकोले प्रतिपक्षले त्रुटि सच्याउन आग्रह गरेको र यसपाली सरकारले पनि मानेको बताउनु भयो।

उहाँले प्रदेश सरकार र कार्यरत कर्मचारीहरुवीचको अपरिपक्वताले बजेट जस्तो संवेदनशील विषयलाई हलुका बनाइएको आरोप पनि लगाउनु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...