News Portal

जनकल्याण सामुदायिक वनको फडानी: दश दिनमा दुई अधिकृत फेरबद, परिणाम शुन्य

हिमाली संचार संवाददाता
७७६ पटक

२०७७ असार १८, बिहिबार
सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।

वनमा अबैद्ध रुपमा रुखकटानी भएपछि कार्यालयले त्यसक्षेत्रको अनुसन्धान गर्दा रेन्जर महेश नेपालीलाई खटाएको थियो तर उनको काम सन्तोसजनक नभएको भन्दै १० दिनभित्र नै उनलार्इ हटार्इएको छ।

कार्यलयले १० दिनको अबिधमा कामनै नगरी दुई जना अधिकृतलाई फेरबदल गरेको छ। कार्यालयले त्यसक्षेत्रको अनुसन्धान गर्न अहिले सहायक वन अधिकृत वलराम पुनलाई त्यसक्षेत्रमा खटाएको छ।

सामुदायिक वनमा अवैद्धरुपमा व्यापक वन फडानी भएपछि अहिले सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय प्रमुखमाथी आलोचना हुदै आएको छ।

स्थानियहरुले रुखकटानी भएको प्रमाणित भएको लामो समय वितिसक्दा पनि कसैलाई कारवाही नहुनु पदाधिकारी र कार्यालय प्रमुखहरुको मिलेमतोसमेत हुन सक्ने बताएका छन।

सामुदायिक वनमा रुखकटानी भएको बारेमा संञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले समेत छापा मारेको थियो।

अख्तियारले पनि सामुदायिक भित्र अबैरुपमा काट काटेको पाईएको बताएपनि अहिलेसम्म कोही पनि कारवाही नपर्नुले दोषि बचाउन डिभिजन वन कार्यालयनै लागिपरेको देखिएको छ।

आयोगको विज्ञटोलीले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घट् लगायतका क्षेत्रमा निरक्षण गर्दा रुखहरु अबैध रुपमा कटानी भएको पाईएको दावी गरेको छ।

त्यहाको सरकारी विधालयलाई सामुदायिक वनले उपल्बध गरार्इएको भनिएको काठ समेत अबैध तरिकाले राष्ट्रिय वन स्थानिय छविलाल गौतमको आवधिको आसपासमा रहेको राष्ट्रिय जंगल फडानी गरि विधालयलाई दिएको हो।

सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएको छ।

यस अघि वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो।

डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमती दियो।

तर सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुख काटेर वन फडानी गरेका थिए।

जंगल फडानी भएको जानकारी पटकपटक डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखलाई गराउदा समेत डिभिजन वन प्रमुख गोविन्द्रप्रसाद दाहालले व्यवास्था गर्दै आउनुभएको थियो।

यसैबीच दमारे विद्यालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ। अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानियहरुले बताएका छन।

यता नयाँ अनुसन्धान अधिकृतका रुपमा खटिएका वलराम चौधरीले आफुले आज मात्र पत्र बुझेकाले फिल्डमा गएर सत्य तथ्य पत्ता लगाउनु बताउनुभयो।

प्रतिकृया दिनुहोस्

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...