News Portal

प्रधानमन्‍त्री हटाउन चलखेल गर्ने राजदूतलाई देश निकाला : बाबुराम भट्टराई

हिमाली संचार संवाददाता
८२३ पटक

२०७७ असार १६, मंगलबार
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हटाउन चलखेल गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले गरेको कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीलाई षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ?’, बाबुरामले प्रश्न गर्दै भने, ‘राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?

सँगै नेता भट्टराईले प्रधानमन्त्री ओली स्वयम्ले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोपसमेत लगाएका छन्। ओलीले भारत, चीन र अमेरिकासँग सम्बन्ध बिगारेको आरोप उनको छ।

बाबुरामले विदेशी बुहारीलाई सातवर्षपछि मात्र नागरिकता दिने प्रावधान विभेदकारी भएको भन्दै विरोध जनाए। सँगै नेता भट्टराईले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई प्रधानमन्त्रीले गम्भीर रुपमा नलिएको भन्दै आपत्ति जनाए।

‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ। कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उनले प्रधानमन्त्रीको आलोचना गर्दै थपे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...