News Portal

दाङमा दुई सैनिकसहित ५८ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
६७७ पटक

२०७७ असार १५, सोमबार
गोपाल शर्मा/दाङ – दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दुईजना सैनिकसहित ५८ जनामा कोरोना पुष्टि भएको हो।

जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको छ। दंगीशरण गाउँपालिकामा सोमबार दुईजनामा कोरोना पुष्टि भएसँगै सबै पालिकामा कोरोना संक्रमण देखिएको हो।

सोमबार घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ७ जना, गढवा गाउँपालिकाका २२ जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका २ जना, राप्ती गाउँपालिकाका ५ जना, बबई गाउँपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ।

योसँगै दाङमा ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला आपत्कालिन कार्य सञ्‍चालन केन्द्रले जिल्लामा नेपाली सेनासहित ५ सय ५७ जनामा कोरोना संक्रमण भएको बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...