News Portal

दाङमा दुई सैनिकसहित ५८ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
७६८ पटक

२०७७ असार १५, सोमबार
गोपाल शर्मा/दाङ – दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दुईजना सैनिकसहित ५८ जनामा कोरोना पुष्टि भएको हो।

जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको छ। दंगीशरण गाउँपालिकामा सोमबार दुईजनामा कोरोना पुष्टि भएसँगै सबै पालिकामा कोरोना संक्रमण देखिएको हो।

सोमबार घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ७ जना, गढवा गाउँपालिकाका २२ जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका २ जना, राप्ती गाउँपालिकाका ५ जना, बबई गाउँपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ।

योसँगै दाङमा ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला आपत्कालिन कार्य सञ्‍चालन केन्द्रले जिल्लामा नेपाली सेनासहित ५ सय ५७ जनामा कोरोना संक्रमण भएको बताएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...