News Portal

भलिबलको मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह नियुक्त

हिमाली संचार संवाददाता
७९१ पटक

२०७७ असार १४, आइतबार
काठमाडौं – प्रज्वलबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद राखेप अन्तर्गत रहेको तालिम तथा प्रशिक्षणको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयले सिहंलाई सोही मितिदेखि लागु हुने गरी प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।

उनी यसअघि काठमाडौं जिल्ला खेलकुद विकास समितिमा भलिबल प्रशिक्षकको रुपमा थिए। त्यहाँबाट उनलाई राखेपको मुख्य प्रशिक्षकमा सरुवा गरिएको हो।

असार ११ गते नै राखेपले सिंहलाई पत्र पठाउँदै त्यही दिनबाटै उनको जिम्मेवारी सुरु भएको जनाएको छ। यसअघि सलिना श्रेष्ठ राखेपको मुख्य भलिबल प्रशिक्षकको रुपमा थिइन्।

काठमाडौं जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण रुपमा कार्यरत प्रज्वलबहादुर सिंह समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

सुरुमा टेबलटेनिस खेल्ने सिंह भलिबलका समेत पूर्वखेलाडी हुन्। चार दशकदेखि खेलकुद क्षेत्रमा रहेका उनले २०३८ सालदेखि भलिबल खेलेका थिए।

त्यसपछि राष्ट्रिय प्रतियोगिता खेलेका उनी २०४३ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका थिए। बीचमा पद खारेज भयो र २०५२ सालमा उनी फेरि सहायक प्रशिक्षककै रुपमा राखेपमा प्रवेश गरे।

२०६४ सालमा उनी प्रशिक्षकमा बढुवा भएका थिए। ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेलेका सिंह आफ्नो समयमा राम्रो खेलाडी थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...