News Portal

जंगली च्याउ खाँदा १० जना बिरामी

हिमाली संचार संवाददाता
७२६ पटक

२०७७ असार १३, शनिबार
ओपेन्द्र बस्नेत/दाङ – जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छन्।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर गाउँपालिका–१ कुन्डलेका एकै घरका ४५ बर्षका कबिराज खाम्चा, श्रीमती मिना खाम्चा, छोरा २२ बर्षका बमबहादुर खाम्चा, बुहारी २० बर्षकी देबी खाम्चा, छोरी २० बर्षकी भिमा खाम्चा र नातीनी दिवशिका खाम्चा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ।

त्यसैगरी च्याउ खाएर तुलसीपुर–८ अश्वारा निबासी ७० मानसिङ रोका, ६८ बर्षकी श्रीमति विष्णु रोका, ५० बर्षका वसन्त रोका, ४८ बर्षकी मैमी रोका पनि बिरामी परेका छन्।

उनीहरुले पनि जंगली च्याउ खाँदा बिरामी भएको अस्पतालले जानकारी दिएको छ। सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...