News Portal

सांसद गिरीको घरमा कालो झण्डा !

हिमाली संचार संवाददाता
६१८ पटक
२०७७ जेठ २८, बुधवार

काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेका छन्। सांसद गिरीको घरमा राखेको कालोझण्डा प्रहरी हटाएको छ।

कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ। कालोझण्डा घटनाले सांसद गिरीको सुरक्षा खतरा बढेको प्रहरीले निष्कर्ष निकालेको छ।

प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी पुगेर कालोझण्डा हटाएको बताए। यस विषयमा  प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ।

सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छिन। यस विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद गिरीको आलोचना भएको छ। 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग  गरेको छ । सांसद गिरीलाई समाजवादी पार्टीले प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...