News Portal

सांसद गिरीलाई पार्टीले कारबाही गर्ने चेतावनी

हिमाली संचार संवाददाता
५७३ पटक
२०७७ जेठ २८, बुधवार

काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले प्रस्ताव फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ।

सांसद गिरीले बुधबार नेपालको संविधान “दोस्रो संशोधन” विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन्। संघीय संसद सचिवालयमा दर्ता गराएको सांसद गिरीको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग रहेको छ।

प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन्।  गिरीको संविधान संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए।

पार्टी भित्र सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन दर्ता गराएकी हुनाले उनको पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो। संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

सांसद गिरी समानुपातिक सांसद हुन्। उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित अभिव्यक्ति समेत दिएकी छिन्। सांसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवंम् नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान समेत दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...