News Portal

सांसद गिरीलाई पार्टीले कारबाही गर्ने चेतावनी

हिमाली संचार संवाददाता
६३४ पटक
२०७७ जेठ २८, बुधवार

काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीले प्रस्ताव फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ।

सांसद गिरीले बुधबार नेपालको संविधान “दोस्रो संशोधन” विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन्। संघीय संसद सचिवालयमा दर्ता गराएको सांसद गिरीको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग रहेको छ।

प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन्।  गिरीको संविधान संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए।

पार्टी भित्र सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन दर्ता गराएकी हुनाले उनको पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो। संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

सांसद गिरी समानुपातिक सांसद हुन्। उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित अभिव्यक्ति समेत दिएकी छिन्। सांसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवंम् नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान समेत दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...