News Portal

चलचित्र विकास बोर्ड अध्यक्षका लागि भुवन केसीसहित तीन जनाको नाम सिफारिस

हिमाली संचार संवाददाता
८७५ पटक
२०७७ जेठ २२, बिहिबार

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो।

बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए। १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो।

समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ। मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ।

अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ। समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरू नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन्।

तर चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन। चलचित्र क्षेत्र नै पछाडि धकेलिएको अवस्थामा बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो चाङ छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...