News Portal

कोरोना सर्ने डरले एक शिक्षकसहित स्थानीयले भत्काइदिए विद्यालय

हिमाली संचार संवाददाता
९११ पटक
२०७७ जेठ १६, शुक्रबार

जाजरकोट – भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन्। कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन्।

भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए।

मानिसको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए।

कोरोना सर्ने डरले स्थानीयले भत्काइ दिए विद्यालय

अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए।

विद्यालय भवन भत्किएपछि आफूहरुलाई भारतबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्‍याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...