News Portal

भारतसँग औपचारिक वार्ताको मिति पर्खिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

हिमाली संचार संवाददाता
६६० पटक
२०७७ जेठ १६, शुक्रबार

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं।’

भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए। नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिकम माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो।

तर भारतले तत्काल वार्ताको प्रस्ताव अस्वीकार गरेको छ। मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...