News Portal

धरानका आयुष राईलाई संगीतमा घरपरिवारको राम्रो सपोर्ट (भिडियो सहित)

हिमाली संचार संवाददाता
१७७७ पटक
२०७७ जेष्ठ ६, मंगलवार

धरान – पुर्वको खोटाङ जिल्ला सांगीतिक राजधानी भन्ने गरिन्छ। आयुष राईको पुर्खेली र तत्कालीन सुङदेल गाउ विकास समिति हो। नेपालको राजनीतिक नयासंरचना अन्तर्गत केपिलासगढी वडा नं.७ सुङदेल नामकरण भएको छ। सुबेदारका नाति, लाहुरेको छोरा आयुष राई धरानमा नै जन्मे, हुर्के र धरान स्थित कार्मेल बोर्डिङ स्कुलमा अध्ययनरत छन्। 

आयुषका परिवारले संगीत राम्रोसंग बुझेका हुनाले पनि होला आयुष आफ्नै घरमा पनि संगीतसंग खेल्ने वातावरण राम्रो अबसर प्राप्त गरीरहेका छन्। आमा राधिका राईको अनुसार उनले संगीतका लागि कुनै पनि औपचारिक कक्षा भने लिएका छैनन्। उनी पढाईका अलवा घरमा नै संगीत अभ्यास गर्दछन्।

फुर्सदको समयमा साथी भाइको आग्रहमा परिवारको अनुमति लिएर स्थानीय “हार्मोनिक ब्याण्डका” साथीभाईसंग स्थानीय सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आएका छन्। 

पुर्वको धरान भन्ने वित्तिकै पश्चिमेली मुलुकसंगको रहन सहन र सामाजिक संस्कार जोडिएको शहर हो। आयुष राई भद्र अनि थोरै वोल्न रुचाउने पढाईको अलवा उनको चाहना भनेकै संगीत नै हो। उनले घरमा विभिन्न गायकहरुको गीतहरु अभ्यास गरिरहेका हुन्छन्। विशेषत उनलाई पपगीत गाउन मन पर्छ। 

आयुषका बाबा गीत संगीत र खेलकूद राम्रो दख्खल राख्नु हुन्छ। आयुषका बाबा, आमाले आफ्नो जन्मथलो, पुर्खेउली गाउ सुङदेलको सेरोफेरो समेटेर संयुक्त रुपमा लेख्नु भएको गीत “हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाऊ…!” गीतमा आयुषले पहिलोपटक औपचारिक रुपमा काठमाण्डौ गएर गीत रेकर्ड गर्ने अबसर पाएका थिए। 

हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाऊ…!” गीतको म्युजिक भिडियो चर्चित हास्यकलाकार “फूलन्देका आमा” उमेश राईको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक समेत गरेका छन्। विशेष बाबा आमाको सपोर्टमा यो गीत गाउन पाएको बातउ छन् आयुष ।

गीतको शब्दले छोएको सुदेलको सेरोफेरो आयुषका मामाली गाउ हासुमा छायांकन गरिएको म्युजिक भिडियोमा हजुरबा सुबेदार मन बहादुर राई, हजुरआमा जानुका राई, चर्चित हास्यकलाकार फूलन्देका आमा, समाजसेवी तथा गायक जितेन बान्तावा र चर्चित मोडल सिता राईको विशेष भुमिका रहेका कलाकारको समुहका अलवा सुङदेलका स्थानीय गाउलेहरुको उपस्थितिमा राम्रो संग छायाङकन गरिएको छ।   

संगीतकार तथा गायक अनिल कोयी राईले यस म्युजिक भिडियोको नृत्यनिर्देशक गरेका हुन। नृत्यनिर्देशक अनिल कोयी नेपालका विभिन्न कला क्षेत्रका अनुभवि कलाकारहरुको नजिक समिप्यले गर्दा गायक, संगीतकार हुदै पछिल्लो समय नृत्यनिर्देशक समेत गर्दै आएका अनिल कोयी राईको संगीतमा आवाज भरेका आयुष राई परिवारका हौसला भित्र पछिल्लो समय आफ्ना प्यान फलोअर्सका हौसला बटुल्दै आइरहेका छन्।

इशान राज ओन्ता मुस्कान, सुदर्शन थापाको शब्दमा रहेको सुगम पोखरेले व अन्जु पन्तको आवाजमा रहेको “भन्छु आज मनका कुरा…!” जस्ता गीतहरुको राम्रो कभर गीत गाउदै आएका आयुष राईले फुलन्देको आमाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका गीत “हाम्रो सुङदेल गाउ, कत्ति राम्रो ठाउ…” करिव २ लाख १५ हजारले हेरी सकेका छन् भने ४.५ लाइक भएको छ। आयुषका गीत फुलन्देको आमा युटुब च्यानलमा गएर हेर्न सकिन्छ। 

https://youtu.be/bTNc_xKxeu4

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...