News Portal

डिएसपीको बर्दीमा ठगी धन्दा: प्रहरी हवल्दार नुवाकोटकी सीता उप्रेती थुनामा

हिमाली संचार संवाददाता
७५९ पटक

काठमाडौँ – डिएसपी बनेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएकी प्रहरी हवल्दार सीता उप्रेती पक्राउ परेकी छिन । त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरीकी हवल्दार उप्रेतीलाई महानगरिय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

घरमा डिएसीको बर्दी लगाएर बस्ने र मानिसहरुलाई धम्की दिएर रकम असुल गर्ने गरेको आरोपमा उजुरी परेपछि सीतालाई प्रहरीले भाद्र ३ गते पक्राउ गरेको डिएसपी थापाले बताए । नुवाकोट स्थायी घर भएकी हवल्दार उप्रेतीले सयौ मानिसलाई डिएसपीको बर्दी लगाएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उप्रेती ठगी धन्दा र संगठित अपराधको मुद्दामा पक्राउ परेसँग उनी हवल्दारबाट निलम्वित भएको डिएसपी थापाले जानकारी दिए ।

उप्रेती माथि अकुत सम्पत्तिको पनि मुद्दा चलाउने तयारी भएको छ । उनले सर्वसाधरणलाई ठगी गरेर पाँच करोड भन्दा बढी सम्पत्ति जम्मा गरेको उनका निकटवर्तीहरुले बताएका छन । दुई वटा घर र थुप्रै ठाउँमा उनले जग्गा समेत जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विगतमा नेकपा एमालेको समर्थक देखाइ आफ्नो ठगी ढाकछोप गर्दै आएकी उप्रेती पछिल्लो समय नेपाली कांग्रेसको छत्रछायाँमा ठगी धन्दा चलाउँदै आएकी थिइन । उनले कांग्रेसकै बलामा हाल त्रिभुवन विमानस्थलमा सेटिङमा काम गर्दै आएकी थिइन ।

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने र मुद्दा नमिलेपछि पैसा फिर्ता माग्न आउनेलाई उनले डिएसपीको बर्दी लगाएर जेलमा कोचिदिने धम्की दिने गरेकी थिइन । परिवारमा समेत श्रीमानलाई ठगेर छोरा र सम्पत्ति लिएर उनले वकिल हुँ भन्दै ठगी गर्ने नुवाकोटकै मनोहर तिवारीसँग दोस्रो विहे गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...