News Portal

कैलालीका युवाहरु कोरोना रोकथाम अभियानमा सक्रिय

हिमाली संचार संवाददाता
४८९ पटक

बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न । विस्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो गाउँलाई सुरक्षित राख्न कट्टीपुरका युवाहरूले सामुहिक पहल गरेका हुन ।

कोरोना भाइरस संक्रमण रोक्न उनीहरूले गाउँ प्रवेश गर्ने सबैलाई आवस्यक सोधपुछ ,कोरोनाबारे परामर्श र सल्लाह दिने गरेको युवा समाजसेवी पदम बमले जानकारी दिए । उनका अनुसार गाउँमा प्रवेश गर्ने नयाँ अपरिचित व्यक्तिसित सोधपुछ गरेर मात्रै गाउँ प्रवेश गर्न दिइएको छ । सीमावर्ती जिल्ला भएका कारण पछिल्लो समय भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेको समाचार सार्बजनिक भएपछि गाउँमा प्रवेश गर्ने अपरिचित व्यक्तिमाथि आवस्यक सोधपुछ गर्ने गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आफ्नो सुरक्षा साबधानी आफै गर्नुपर्ने भएको हुँदा यो कार्यक्रम गरिएको स्थानीय अर्का युवा भीम बहादुर बमले जानकारी दिए । उनले गाउँ प्रवेश गर्ने सबैलाई साबुन पानीले हात धोयर मात्रै प्रवेश गर्न दिइएको बताए । “उनले भने यसका लागि हामिले सडक छेउमै गाउँ प्रवेस गर्नेका लागि साबुन पानीको व्यवस्था गरेका छौ गाउँ प्रवेश गर्ने सबैलाई हात धोयर मात्रै प्रवेस गर्न दिएका छौ । ”

कोरोना संक्रमण रोक्न नेपाल सरकारले गरेको कार्यक्रमलाई सहयोग गर्न स्थानीय स्तरमा युवाहरुको सक्रियतामा यो कार्यक्रम गरिएको कट्टिपुरका युवाहरुको भनाईछ । गाउँ प्रवेश गर्न सडकको दुई स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ अर्का युवा झङ्क शाही भन्छ्न अब गाउँमा सुरक्षा साबधानिका लागि माक्स वितरणको तयारी पनि थालिएको छ ,जसअन्तर्गत युवाहरुबाट केही रकम संकलन गरि माक्स किनेर गाउँमा बितरणको तयारी हुदैछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...