News Portal

एनजिओको आडमा दादागिरी, प्रहरीलाई गालीगलौज

हिमाली संचार संवाददाता
११७१ पटक
नेपालगन्ज १७, २०७६ चैत

सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बास नामक एनजिओको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुर्ववहारको प्रयास गरेको खुलेको छ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा गरेको अवस्थामा सरकारको नीति र निर्णय नै अटेर गरी दादागिरी पारामा सडकमा उत्रिएका सिटौलालाई प्रहरीले घरभित्र बस्न भनेपछि उनले उल्टै प्रहरीलाई ‘त को होस मलाई घर जाँ भन्ने’ भन्दै दुर्ववहार गरेका थिए।

पटकपटक प्रहरीले सम्झाउदा समेत अटेरी गरि ‘म बासको अध्यक्ष हो मलाई चिनेको छस के गर्छस् तैले। मैले चाहे भने तलाई जे नि गर्न सक्छु।

जस्ता शब्द बोलेर प्रहरीमाथि नै जाई लागेपछि सुरक्षामा खटिएको उक्त प्रहरीले उनलाई लाठी हानेको प्रत्यक्षदर्शीले बताएका छन्। ती प्रत्यक्षदशीका अनुसार उक्त घटनामा प्रहरीको कुनै दोष देखिदैन्।

बास नामक एनजिओको निहुँमा सिटौलाले सरकारको लकडाउन र बाँके प्रशासनको जनता कर्फ्यू उल्लघन गरेको र प्रहरीमाथि नै गलत आरोप लगाएको बाँके प्रहरीले बताएको छ।

आइतबार बेलुका ६ बजे नर्सिङ नजिक लकडाउन उल्लघन गरी सडकमा भेटिएका सिटौलालाई प्रहरीले किन तपाई यहाँ आएको हो ? पास कार्ड छ ? भनेर सोधेको प्रत्यक्षदर्शी बताउँछन्। प्रहरीले यसरी सोध्दा सिटौलाले उल्टै प्रहरीलाई गाली गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बस्नेतले बताए।

व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए।

उता बासका निर्देशक नमस्कार शाहले एक विज्ञप्ती निकाली कुटपिट र प्रहरी निरिक्षकद्वारा भएको हातपातको घोर भत्सर्ना गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...