News Portal

एनजिओको आडमा दादागिरी, प्रहरीलाई गालीगलौज

हिमाली संचार संवाददाता
१२३४ पटक
नेपालगन्ज १७, २०७६ चैत

सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बास नामक एनजिओको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुर्ववहारको प्रयास गरेको खुलेको छ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा गरेको अवस्थामा सरकारको नीति र निर्णय नै अटेर गरी दादागिरी पारामा सडकमा उत्रिएका सिटौलालाई प्रहरीले घरभित्र बस्न भनेपछि उनले उल्टै प्रहरीलाई ‘त को होस मलाई घर जाँ भन्ने’ भन्दै दुर्ववहार गरेका थिए।

पटकपटक प्रहरीले सम्झाउदा समेत अटेरी गरि ‘म बासको अध्यक्ष हो मलाई चिनेको छस के गर्छस् तैले। मैले चाहे भने तलाई जे नि गर्न सक्छु।

जस्ता शब्द बोलेर प्रहरीमाथि नै जाई लागेपछि सुरक्षामा खटिएको उक्त प्रहरीले उनलाई लाठी हानेको प्रत्यक्षदर्शीले बताएका छन्। ती प्रत्यक्षदशीका अनुसार उक्त घटनामा प्रहरीको कुनै दोष देखिदैन्।

बास नामक एनजिओको निहुँमा सिटौलाले सरकारको लकडाउन र बाँके प्रशासनको जनता कर्फ्यू उल्लघन गरेको र प्रहरीमाथि नै गलत आरोप लगाएको बाँके प्रहरीले बताएको छ।

आइतबार बेलुका ६ बजे नर्सिङ नजिक लकडाउन उल्लघन गरी सडकमा भेटिएका सिटौलालाई प्रहरीले किन तपाई यहाँ आएको हो ? पास कार्ड छ ? भनेर सोधेको प्रत्यक्षदर्शी बताउँछन्। प्रहरीले यसरी सोध्दा सिटौलाले उल्टै प्रहरीलाई गाली गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बस्नेतले बताए।

व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए।

उता बासका निर्देशक नमस्कार शाहले एक विज्ञप्ती निकाली कुटपिट र प्रहरी निरिक्षकद्वारा भएको हातपातको घोर भत्सर्ना गरेका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...