आज : २०२६-०६-०८, सोमबार

पेस्तोल पड्किँएर प्रहरी हवलदारको मृत्यु

स्याङ्जा १५, २०७६ चैत : स्याङ्जाको हरिनास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार रविन्द्र पौडेलको पेस्तोल पड्किँदा मृत्यु भएको छ।

दिनभरीको डियुटीपश्चात् हतियार थन्काउने क्रममा अचानक पड्किँदा घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो।

गोलि लागेर उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिए पनि डाक्टरले उहाँलाई मृत्यु भएको घोषण गरेका थिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो। शव हाल पोखरा मणिपाल अस्पतालमै रहेको पनि उहाँले जानकारी दिनुभयो।