News Portal

कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको आकस्मिक कोष स्थापना

हिमाली संचार संवाददाता
५०६ पटक

काठमाडौं ०७, २०७६ चैत : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, पूर्वसतर्कता, सचेतना र नियन्त्रणका लागि दश करोड रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ।

महानगर कार्यपालिकाको बिहीबार बसेको बैठकले कोषबाट तत्कालै साना, मझौला र ठूला वडाहरूमा दुईदेखि चार लाख रुपैयाँसम्म बजेट निकासा गर्ने निर्णय गरेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

बैठकले कोषबाट जनस्वास्थ्य महाशाखाअन्तर्गत २४ घन्टे हेल्पडेस्क स्थापना गर्ने, सार्वजनिक स्थानहरूमा हेल्पडेस्क स्थापना गर्ने, ती हेल्पडेस्क र विभिन्न सार्वजनिक स्थानमा मास्क र स्यानिटाइजर निःशुल्क वितरण गर्ने निर्णय गरेको छ।

यस्तै, सन्देशमूलक सूचना, डिजिटल होर्डिङ बोर्ड र डिस्प्लेमार्फत प्रचार प्रसारको व्यवस्था मिलाउने मेयर शाक्यले बताए। महानगरपालिकाले कोरोना भाइरससँगै डेंगु रोगको समेत महामारी फैलिन सक्ने भएकाले सचेतनामूलक सन्देशयुक्त पर्चा पम्प्लेट, ब्यानरजस्ता प्रचार सामग्रीहरू नेपाली र नेपाल भाषामा छपाई वितरण गर्ने निर्णय गरेको छ।

उपमेयर नेतृत्वको अनुगमन समितिले बजार अनुगमनलाई तीव्र बनाउने र कालोबजारी गरिएको पाए कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ। संघ र प्रदेश सरकारले गरेको निर्णयहरूको पूर्ण कार्यान्वयनसहित महानगरपालिकाभित्र रोग संक्रमण रोकथाम र नियन्त्रण गर्ने निर्णय गरेको मेयर शाक्यले बताए।

एफएम, टिभी, पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणबाट जोगिने उपायहरूबारे प्रचारप्रसार गर्ने, सार्वजनिक स्थानमा भिडभाड नगर्न सबैलाई आग्रह गर्ने, वडास्तरमा रहेका विपत् व्यवस्थापन समितिलाई क्रियाशील बनाउने, महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवालाई उच्च सतर्कतामा राखी परिचालन गर्ने, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कुनै पनि भोजभतेरमा सामेल नहुने र नगर्ने, कुनै पनि सभा सम्मेलन कार्यक्रमको अनुमति नदिने र सहयोग नगर्ने, सहभागी नहुनेसमेत निर्णय गरेको छ।

बैठकले महानगरपालिका र वडा कार्यालयहरूमा डिसइन्फेक्सन गरेर मात्र उपयोग गर्ने निर्णय गरेको छ। मेयर शाक्यले काठमाडौंमा घोडेजात्रा र सेतो मच्छिन्द्रनाथको जात्रालाई औपचारिक रूपमा मात्रै मनाउने निर्णय गरेकोसमेत बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...