News Portal

सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ : गायक सुरेन चन्द

हिमाली संचार संवाददाता
६९३ पटक

काठमाडौँ : बर्दीया जिल्ला राजापुर नगरपालिका वडा नं. ४ चैनपुर गाउँमा बुवा झुपा चन्द र आमा लिला चन्दको कोखबाट जन्मिएका अहिलेका ब्यस्त आधुनिक गायक एबम् संगीतकार हुन् सुरेन चन्द

उनले धेरै भन्दा धेरै गीतमा स्वर र संगीत दिएका छन्। उनी बि.सं. २०६० सालमा रेडियो नेपालबाट देशब्यापी लोकगीत प्रतियोगीतामा सान्त्वना पुरस्कार पाएर यस क्षेत्रमा प्रबेश गरेका हुन्।

उनले ५ दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन्। उनको पहिलो गीत पहिलो नजरमा भेट हाम्रो भएको राजापुरैमा लोकगीत रहेको थियो। जसमा महेन्द्र सेडाईको शब्द, उनी स्वयम आफैको संगीत र स्वर रहेको थियो। उनको संगीतमा चर्चित गायक गायिकाहरुले पनि स्वर दिएका छन्। उनै गायक एबम् संगीतकार सुरेन चन्दसंग संगीतसरोबरकर्मी प्रकाश बराईली “अभिब्यक्ती” ले गरेको कुराकानी:

तपाईको सांगीतीक यात्राको करिएर कसरी सुरुवात भयो ?

मेरो सांगीतीक क्षेत्रको करिएर पहिला स्कुले जिवनमा भाग लिने गर्थे। पछि बि.सं.२०६० सालमा रेडियो नेपालबाट देश ब्यापी लोक गीत प्रतियोगीता हुदै छ रे भन्ने कुरा सुने। त्यसपछि त्यो प्रतियोगीतामा सान्त्वना पुरस्कार पाए। त्यसैपछि नै मेरो सांगीतीक यात्राको सुरुवात भयो।

तपाईको कुनकुन गीत चर्चामा रहन सफल भए ?

मैले गाएका गीतहरु किन मैले आफ्नो ठाने पराई हुनेलाई बढी चर्चामा रह्यो र धोका, चितवनबाट नारायणी तरेसी गीत ठिकै चर्चामा रहन सफल भयो। सोलो एल्बम् यो पल पनि २०६५ साल तिर बजारमा आएको थियो। जसमा महेन्द्र सेडाईको शब्द र मेरो संगीत, स्वर रहेको थियो। यो गीतले पनि मलाई चर्चामा ल्याएको थियो।

सांगीतीक कार्यक्रमका लागी हालसम्म कुनकुन देशहरुमा जानु भयो ?

म अहिलेसम्म दुबई र नेपालका बिभिन्न स्थानहरुको कार्यक्रममा सहभागीता जनाएको छु।

तपाईका आगामी योजनाहरु केके छन् ?

मेरो आगामी योजना भनेको बिभिन्न चर्चित संगीतकारहरुको संगीतमा नयाँ सोलो एल्बम् बजारमा ल्याउने तयारीमा छु। जुन एल्बमको रेकडिङ कार्य जारी छ। आशा छ सबैले मन पराईदिनुहुने छ।

तपाईको बाल्यकाल कसरी बित्यो ?

मेरो बाल्यकाल आफ्नै जन्म भुमीमा खेल्दै, पढ्दै अनि स्कुले जिवनमा गीत गाउदै बित्यो।

तपाईलाई कसरी गीत गाउने प्रेरणा मिल्यो ?

मलाई बिशेष त घर परिवार अनि बिशेष मेरो दाईहरु गोपाल चन्द र दिपक चन्दले गाउदा मलाई गायक बन्ने सपना बन्यो। साथै सबैको हौसला अनि साथ सपोर्ट पाए।

तपाई काठमाडौं आईसकेपछि ककस्ले साथ दिएका थिए ?

काठमाडौं आईसकेपछि संगीतको कक्षा लिए। मलाई संगीत सिकाउने गुरुहरु बिजय सिंह मुनाल, धन बहादुर गोपाली, गणेश गुरुङ, राम चन्द्र अन्जान, चन्डी प्रसाद काफ्ले लगायत हुनुहुन्छ। राजकुमार बगर लगायत थुप्रै संगीतकारहरुले पनि साथ दिनु भएको छ। साथै मलाई हरेक पल साथ दिनुमा मेरी जिवन संगीनी अनु ओलीको पनि हात छ।

उनले मलाई संगीत क्षेत्रमा साथ सहयोग र समर्थन नगरेको भए यो स्थानमा पनी हुने थिईन होला जस्तो लाग्छ। किनकी कोहीकोही कलाकारहरुको श्रीमतीको कारणले गर्दा नै यो क्षेत्र नै छोड्नु परेको अवस्था पनि देखेको छु।

तपाई संगीत शिक्षक पनि हो भन्ने सुनिन्छ नी ?

मैले पहिला सत्यवती कला केन्द्रमा आफै स्वयम संगीत प्रशिक्षक भएर धेरैलाई संगीत कक्षा दिएको छु। तर अहिले मेरै ब्यस्ताले गर्दा संगीत सिकाएको छैन।

हालको सांगीतीक क्षेत्रको बारेमा के भन्न चाहनुहुन्छ ?

नेपाली सांगीतीक क्षेत्रमा बिना प्रशिक्षण एल्बम् निकाल्ने लहर चलेको छ र बिभिन्न खालका छाडा प्रबृतीका गीतहरु बजारमा आईरहेको देख्दा मलाई चित्त बुझेको छैन। यसो गर्नु भनेको बिकृती हो।

दर्शक श्रोता महानुभावहरुले पनि राम्रो नराम्रो कस्तो छ गीत छुट्याएर राम्रो गीतलाई माया गरिदिनुहोला भन्ने अनुरोध गर्दछु।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?

संगीतमा साधना गरिरहेको छु। हजुरहरुकै मायाले म टिकेको छु र साथ सपोर्ट, सल्लाह सुझाव पनि दिनु होला। मेरा गीतहरुलाई माया गरिदिनु होला यही भन्न चाहन्छु।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...