News Portal

गोकुल बास्कोटामाथि छानबिन गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

हिमाली संचार संवाददाता
१६७२ पटक

काठमाडौं ११, २०७६ फागुन : निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आन्तरिक छानबिन गर्नुपर्ने भन्दै आवाज उठेपनि ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए। ओलीले अस्वीकार गरेसँगै बास्कोटामाथि आन्तरिक छानबिन टरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले संचारमन्त्री पदबाट बिहीबार राजीनामा दिइसकेका छन।

संचारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ। तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको भन्दै खबरहरु प्रकाशित भइरहेको बेला बैठकमा प्रधानमन्त्री ओलीमाथि अध्ययन गर्नेबारे भने कसैले प्रश्न उठाउन नसकेको ती नेताले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...