News Portal

गोकुल बास्कोटामाथि छानबिन गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

हिमाली संचार संवाददाता
१५५० पटक

काठमाडौं ११, २०७६ फागुन : निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा आन्तरिक छानबिन गर्नुपर्ने भन्दै आवाज उठेपनि ओलीले उक्त प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए। ओलीले अस्वीकार गरेसँगै बास्कोटामाथि आन्तरिक छानबिन टरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले संचारमन्त्री पदबाट बिहीबार राजीनामा दिइसकेका छन।

संचारमन्त्रीले राजीनामा दिइसक्नु भएको छ। तत् पश्चात अख्तियार लगायतका राज्यका निकायहरुले त्यसबारे थप अध्ययन गरिरहेको बैठकमा जानकारी गराउने काम भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

यद्यपि बास्कोटाको अडियो प्रधानमन्त्रीलाई डेढ दुई महिना पहिले नै जानकारी भएको भन्दै खबरहरु प्रकाशित भइरहेको बेला बैठकमा प्रधानमन्त्री ओलीमाथि अध्ययन गर्नेबारे भने कसैले प्रश्न उठाउन नसकेको ती नेताले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...