News Portal

  • ७० करोड कमिसन प्रकरणमा बाँस्कोटालाई जेल सजाय हुने सम्भावना

    हिमाली संचार संवाददाता
    ६६ पटक

    काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ ।

    बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

    अख्तियार स्रोतका अनुसार मन्त्रीले प्रयोग गर्ने गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको  छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको प्रमाणित भए बाँस्कोटालाई ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ ।

    बाँस्कोटाले कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

    भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको कसुरको लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

    ७० करोडको ७० प्रतिशत अर्थात ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात २५ करोड ४५ लाख रुपैयाँ जरिवाना हुनसक्छ ।

    भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।

    हिमाली संचार | हिमाली संसार प्रा. लि.
     थप समाचारका लागि हाम्रो वेबसाइट
         www.himalisanchar.com

    झ्याउरे गीत 'मेरो माया कता छ कुन्नी'https://youtu.be/JuGfgdXSpRg

    Gepostet von कमल सिम्ताली am Montag, 26. August 2019

    प्रतिकृया दिनुहोस्

    जति नजिक थियौं उतिनै टाढ़ा भएकाछौं कोरोनाको प्रकोपले बिचारा भएकाछौं

    १८ चैत्र २०७६ जति नजिक थियौं उतिनै टाढ़ा भएकाछौं कोरोनाको प्रकोपले  बिचारा भएकाछौं शक्तिशालीको शक्तिपनि...

    इटालीमा कोरोनाका कारण ६३ डाक्टरको मृत्यु

    इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले...

    सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुइ युवक, विभागीय कार्बाही हुने

    १७ चैत्र २०७६ सप्तरी । लकडाउन उलंधन गरेको आरोपमा सशस्त्र प्रहरी बलका जवानले दुइ युवा...

    रंगेली नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण गर्ने

    रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवन यापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर...

    स्वास्थ्य सामग्रीमा करोडौको भ्रष्ट्रचार हुनु दुर्भाग्य !

    कोभिड १९ कोरना भाईरसले संसारका समृद्धशाली राष्ट्र देखि बिपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अबस्थामा त्यहि...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।