News Portal

____ गजल ____

हिमाली संचार संवाददाता
६५१ पटक

कसकसले बनाए अचानो ? मलाई थाह छ।
को-को गए, बने बिरानो ? मलाई थाह छ।।

जो चोर उसैको ठूलो-ठूलो स्वर हुँदोरहेछ।
चलेको यो उखान पुरानो, मलाई थाह छ।।

हुरी-बतासले पनि उडाउन कहाँ सक्छ ?
मायामा अडिएको छानो, मलाई थाह छ।

चित्रगुप्तको ढोकामा उभिएको बेलामा।
हुँदैन कोही ठूलो-सानो मलाई थाह छ।।

आँसुले भिजेपछी माटो पनि, ए “कोपिला” !
हुँदैन सजिलै ओभानो मलाई थाह छ।।

खगेन्द्र गिरि “कोपिला”
नेपालगञ्ज-१ आदर्शमार्ग, बाँके
[email protected]

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...