News Portal

“रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने

हिमाली संचार संवाददाता
४१८ पटक

इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “ रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ ।

पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयाेजकले साेमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएकाे छ । आयाेजकले २२ वटा बिधामा अवार्ड प्रदान गर्ने जानकारी गराउँदै पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाइ लाईफटाईम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ ।

म्यूजिक अवार्ड कार्यक्रममा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनौट गर्नुका साथै उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनौट गरिने छ । भोटिङका लागी खल्ती एपबाट भोट गर्न सकिने ब्यबस्था गरिएको साथै नोमिनेशनका लागी समेत सो एपबाट फर्म भर्न सकिने व्यवस्था रहेको आयाेजकले बताएको छ । पूर्वेली म्यूजिक अवार्डकाे कार्यक्रममा १५ देखि २० लाखको बिचमा खर्च हुने अनुमान गरिएको आयाेजककाे भनाइमा छ । कार्यक्रममा मुख्य प्रायोजक रमपम नुडल्स, इन एसोसिएसन विथ एन आइ सि एसिया बैंक रहेकाे साथै इभेन्ट म्यानेजमेन्टमा सिल्भर इन्टरटेनमेन्ट तथा प्रमोटरमा पूर्वेली न्यूज रहेका छन् ।

पुर्वली म्यूजिक अवार्डमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भाेकल पर्फमेन्स्, बेस्ट फिमेल भाेकल पर्फमेन्स्, बेस्ट भाेकल काेलाब्रेसन्, बेस्ट कम्पाेजिसन्, बेस्ट अरेन्जमेन्ट्, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधाहरुमा अवाड प्रदान गरिने भएको छ । साथै बेस्ट तामाङ सङ्, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ्, बेस्ट गाुरूङ सङ्, बेस्ट थारू सङ्, बेस्ट मैथली सङ्, बेस्ट राजबंशी सङ्, बेस्ट भिडियाे, बेस्ट भिडियाेग्राफी, बेस्ट भिडियाे इडिटर, बेस्ट माेडल (मेल), बेस्ट माेडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवाडमा समेटिने आयाेजकाे भनाइ छ ।

नयाँ पुस्ताहरुलाई पूर्वेली गीत संगितमा केही सृजना गर्न प्रेरणा दिनुका साथै शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि समेत पूर्वेली म्यूजिक अवार्ड पूर्वमा पहिलाे पटक आयाेजना गर्ने तयारी तिव्र रुपमा गरिएको पूर्वेली मिडिया नेटर्वक प्रा लि का प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले जानकारी दिए । उनले नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएकोले पूर्व लगायत धेरै क्षेत्रमा लोक गीत नै गुन्जिने हुँदा जुन हाम्रो मौलिक संस्कृति ,लोक गीत, संगित, बाजागाजा र भाकाहरु हाम्रा अमुल्य सम्पत्ति समेत भएको जानकारी दिए ।

पूर्वेली म्यूजिक अवाडकाे पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी लगायतकाे सहभागिता रहेकाे थियाे । पूर्वेली म्यूजिक अवाडका व्यवस्थापक तथा कलाकार राजन क्षेत्रीले स्वागत मन्तव्य राखेकाे पत्रकार सम्मेलन कार्यक्रमकाे संचालन पूर्वेली न्यूजका सम्पादक नरेन्द्र वस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...