News Portal

बर दुबईमा क्विक एडभेन्चर ट्राभलको भव्य उदघाटनको तयारी

हिमाली संचार संवाददाता
५४१ पटक

बरदुबई– युएईको नेपाली व्यावसायिक क्षेत्रमा नयाँनयाँ व्यावसायिक व्याक्तित्वहरु दिनानुदिन थपिदै गएका छन् । रोजगारीको लागि जतिजति नेपालीहरु युएईमा बढिरहेका छन्, उतिउति व्यावसाय गर्ने नेपालीहरु पनि थपिइरहेका छन् । रेस्टुरेन्ट क्षेत्रमा धेरै नेपाली व्यावसायीहरुको लगानी देखिन्छ भने रेस्टुरेन्टपछि लगानीको क्षेत्रमा धेरै नेपाली व्यावसायीहरु ट्राभल र टुरिजमतर्फ आकर्षित भएका छन् ।
यसै सिलसिलामा युएईका नेपालीहरुलाई उच्च प्राथमिकता राखेर युएईका सबैलाई छिटोछरितो र प्रभावकारी सेवा दिने उदेश्य बोकेर क्विक एडभेन्चर ट्राभल एन्ड टुरिजम एलएलसी यही शिवरात्रीको पावन अवसरमा २१ फेब्रुअरीमा उदघाटन हुने भएको छ ।
लामो समय युएईमा बसेर केही व्यावसायमा स्पिपिङ पार्ट्नर गरिरहेका युवा व्यावसायी सप्तरी जिल्लाका अशोक चौधरी र मुकेश साहको लगानीमा यो क्विक एडभेन्चर ट्राभलले सेवा शुरु गर्न लागेको हो ।
अन्य ट्राभलहरु भन्दा सस्तो, सर्वसुलभ, अनि प्रभावकारी सर्भिस दिने योजनाका साथमा स्थापना हुन लागेको
क्विक एडभेन्चर ट्राभलले हवाई टिकट, भिजिट भिसा, भिसा परिवर्तन, भिसा रिन्यु, होटेल बुकिङ, डेजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायत सबै सुबिधा प्रदान गर्ने संचालक अशोक चौधरीले बताउनुभएको छ । संचालक चौधरीका अनुसार युएईबाट युरोपका विभिन्न देशहरु साथै सिंगापुर, मलेसिया, जर्जिया थाइल्यान्ड, बाली, लगायत विस्वका चर्चित टुरिष्ट गन्तव्य घुमफिर गर्नेहरुका लागि टुर प्याकेज, हवाई टिकट लगायतका सबै व्यवस्थापन क्विक एडभेन्चर ट्राभलले गर्नेछ ।

नाम जस्तै क्विक सेवा दिने दाबी गर्दै संचालक चौधरीले दाबी गर्दै भन्नुभयो, “हाम्रो ट्राभलले ग्राहकहरुको सन्तुष्टिलाई नै कमाइ मानेर काम गर्नेछ ।”

बर दुबईको सपना ज्वेलर्स अगाडि रहेकोे क्विक एडभेन्चर ट्राभलमा ३ जना अनुभवी नेपालीहरुले सेवा प्रदान गरिरहेका छन् । क्विक एडभेन्चर ट्राभलको उदघाटन कार्यक्रममा नेपालबाट उच्च पदस्थ अधिकारीहरुको एक टोली र युएईका विशिस्ट व्याक्तित्व साथै नेपाली समुदायका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण नेपालीहरुको उपस्थिति हुनेछ । संचालक चौधरीले यो उदघाटन कार्यक्रममा उपस्थिति भइदिन इच्छुक सबैलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...