News Portal

बर दुबईमा क्विक एडभेन्चर ट्राभलको भव्य उदघाटनको तयारी

हिमाली संचार संवाददाता
६०१ पटक

बरदुबई– युएईको नेपाली व्यावसायिक क्षेत्रमा नयाँनयाँ व्यावसायिक व्याक्तित्वहरु दिनानुदिन थपिदै गएका छन् । रोजगारीको लागि जतिजति नेपालीहरु युएईमा बढिरहेका छन्, उतिउति व्यावसाय गर्ने नेपालीहरु पनि थपिइरहेका छन् । रेस्टुरेन्ट क्षेत्रमा धेरै नेपाली व्यावसायीहरुको लगानी देखिन्छ भने रेस्टुरेन्टपछि लगानीको क्षेत्रमा धेरै नेपाली व्यावसायीहरु ट्राभल र टुरिजमतर्फ आकर्षित भएका छन् ।
यसै सिलसिलामा युएईका नेपालीहरुलाई उच्च प्राथमिकता राखेर युएईका सबैलाई छिटोछरितो र प्रभावकारी सेवा दिने उदेश्य बोकेर क्विक एडभेन्चर ट्राभल एन्ड टुरिजम एलएलसी यही शिवरात्रीको पावन अवसरमा २१ फेब्रुअरीमा उदघाटन हुने भएको छ ।
लामो समय युएईमा बसेर केही व्यावसायमा स्पिपिङ पार्ट्नर गरिरहेका युवा व्यावसायी सप्तरी जिल्लाका अशोक चौधरी र मुकेश साहको लगानीमा यो क्विक एडभेन्चर ट्राभलले सेवा शुरु गर्न लागेको हो ।
अन्य ट्राभलहरु भन्दा सस्तो, सर्वसुलभ, अनि प्रभावकारी सर्भिस दिने योजनाका साथमा स्थापना हुन लागेको
क्विक एडभेन्चर ट्राभलले हवाई टिकट, भिजिट भिसा, भिसा परिवर्तन, भिसा रिन्यु, होटेल बुकिङ, डेजर्ट सफारी, धौ क्रुज सफारी, नेपाल टुर प्याकेज लगायत सबै सुबिधा प्रदान गर्ने संचालक अशोक चौधरीले बताउनुभएको छ । संचालक चौधरीका अनुसार युएईबाट युरोपका विभिन्न देशहरु साथै सिंगापुर, मलेसिया, जर्जिया थाइल्यान्ड, बाली, लगायत विस्वका चर्चित टुरिष्ट गन्तव्य घुमफिर गर्नेहरुका लागि टुर प्याकेज, हवाई टिकट लगायतका सबै व्यवस्थापन क्विक एडभेन्चर ट्राभलले गर्नेछ ।

नाम जस्तै क्विक सेवा दिने दाबी गर्दै संचालक चौधरीले दाबी गर्दै भन्नुभयो, “हाम्रो ट्राभलले ग्राहकहरुको सन्तुष्टिलाई नै कमाइ मानेर काम गर्नेछ ।”

बर दुबईको सपना ज्वेलर्स अगाडि रहेकोे क्विक एडभेन्चर ट्राभलमा ३ जना अनुभवी नेपालीहरुले सेवा प्रदान गरिरहेका छन् । क्विक एडभेन्चर ट्राभलको उदघाटन कार्यक्रममा नेपालबाट उच्च पदस्थ अधिकारीहरुको एक टोली र युएईका विशिस्ट व्याक्तित्व साथै नेपाली समुदायका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण नेपालीहरुको उपस्थिति हुनेछ । संचालक चौधरीले यो उदघाटन कार्यक्रममा उपस्थिति भइदिन इच्छुक सबैलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...