News Portal

काठमाडौंमा असार मसान्तभित्र मेलम्चीको पानी आउने खानेपानी मन्त्रीको दावी

हिमाली संचार संवाददाता
४५० पटक

काठमाडौं ०२, २०७६ फागुन : खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन।

मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बतार्एकी हुन।

उनले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम समेत असारसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन।

कार्यक्रममा मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्तसम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताए।

उनले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाइभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २/३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताए।

उनले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिलेसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए।

मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।

कामबीचैमा छाडेर हिंडेको सीएमसीले स्थानीय श्रमिक तथा सव कन्ट्राक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताए।

पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने सिएमसी आबद्ध स्थानीय आपूर्तिकर्ता लगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको छ। यो समाचार आजको नागरिकन्युजले लेखेको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...