News Portal

काठमाडौंमा असार मसान्तभित्र मेलम्चीको पानी आउने खानेपानी मन्त्रीको दावी

हिमाली संचार संवाददाता
५४२ पटक

काठमाडौं ०२, २०७६ फागुन : खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन।

मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बतार्एकी हुन।

उनले सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम समेत असारसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको बताइन।

कार्यक्रममा मेलम्ची खानेपानी अयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्तसम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताए।

उनले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डाइभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २/३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताए।

उनले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र अहिलेसम्म २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए।

मेलम्चीको काममा इटलियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो।

कामबीचैमा छाडेर हिंडेको सीएमसीले स्थानीय श्रमिक तथा सव कन्ट्राक्टरको भुक्तानी नदिएका कारण समस्या र अवरोध खेप्नुपरेको खत्रीले बताए।

पछिल्लो समय सरकारले कामदारको ज्यालाबापत २ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने सिएमसी आबद्ध स्थानीय आपूर्तिकर्ता लगायतको भुक्तानीका लागि मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा गठीत ६ सदस्यीय प्राविधिक समितिबाट अध्ययन भइरहेको छ। यो समाचार आजको नागरिकन्युजले लेखेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...