News Portal

तनहुँमा अवैध लागु औषधसहित लमजुङका २ युवा पक्राउ

इन्द्रमान परियार
८१० पटक

तनहुँ २९, २०७६ माघ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागु औषधसहित लमजुङका २ युवालाई पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा मुग्लिनबाट डुम्रेतर्फ गइरहेको ग १७ प ३३७२ नं. को स्कुटरमा प्रहरी टोलीले विशेष चेकिङ गर्दा बुधबार दिउँसो १ बजे अवैध लागु औषध सहित लमजुङ्गका २ युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार बस्ने दुधपोखरी गाउँपालिका ६ का ३० वर्षिय आईत तामाङ र लमजुङ सुन्दरबजार नगरपालिका ६ तार्कुका २४ वर्षिय सुजन तामाङ रहेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दिए।

पक्राउ परेकाहरुबाट प्रहरीले डाइजेपाम ५२ थान, नुर्फिन ५१ थान, फेनारगन ५३ थान गरी १६६ थान अवैध लागु औषध बरामद गरेको छ। पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...