News Portal

तनहुँमा अवैध लागु औषधसहित लमजुङका २ युवा पक्राउ

इन्द्रमान परियार
६९१ पटक

तनहुँ २९, २०७६ माघ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागु औषधसहित लमजुङका २ युवालाई पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा मुग्लिनबाट डुम्रेतर्फ गइरहेको ग १७ प ३३७२ नं. को स्कुटरमा प्रहरी टोलीले विशेष चेकिङ गर्दा बुधबार दिउँसो १ बजे अवैध लागु औषध सहित लमजुङ्गका २ युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार बस्ने दुधपोखरी गाउँपालिका ६ का ३० वर्षिय आईत तामाङ र लमजुङ सुन्दरबजार नगरपालिका ६ तार्कुका २४ वर्षिय सुजन तामाङ रहेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले जानकारी दिए।

पक्राउ परेकाहरुबाट प्रहरीले डाइजेपाम ५२ थान, नुर्फिन ५१ थान, फेनारगन ५३ थान गरी १६६ थान अवैध लागु औषध बरामद गरेको छ। पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...