News Portal

काँग्रेसको प्रश्न सरकारलाई चीनमा रहेका नेपालीको उद्धार कहिले, रेल आएपछि ?

हिमाली संचार संवाददाता
४४० पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी गर्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

‘कोरोना संक्रमित भएपछि एम्बुलेन्समा ? कोही शव भएपछि बाकसमा  ? कि पछि चीनबाट रेल आएपछि डब्बामा ? उद्धार कहिले र कसरी गर्ने प्रधानमन्त्रीज्यू ?,’ शर्माको प्रश्न मिश्रित आक्रोश छ । चीनमा रहेका नेपालीको उद्धार मा भएको ढिलाइको जवाफ दिने मुटु र उद्धार गर्ने हात छन् कि छैनन् भन्दै सरकारसँग उनले सोधे ।

शर्माले अगाडि लेखेका छन्, ‘बहिनी प्रमिलाको दाइ सम्पादक कृष्णज्वाला देवकोटाको क्रन्दन पढ्नुभयो ? जवाफ दिने ‘मुटु’ र उद्धार गर्ने हात छन्, छैनन् सरकारसँग ?’

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...