News Portal

राप्तीको मौलिक लोक भाका “मालै” सार्वजनिक (भिडियाे)

हिमाली संचार संवाददाता
१३१५ पटक

खगेन्द्र बुढा : राप्तीको मौलिक लोक भाका “मालै” सार्वजनिक भए सँगै यति बेला नेपाली लाेक संगितका पारखीहरुले साच्चिकै नेपालीपनकाे लाेकभाका पाएकाे अनुभूति गरेका छन।

लाेकप्रिय गायक, सर्जक तथा माेडल कृष्ण रेउलेकाे मालै गितले नेपाली सांगितिक बजार माथि माैलिक लाेकभाकाकाे एक ईट्टा थपिदिएकाे छ। गायक रेउलेकै लय, शब्द र स्वरमा सार्वजनिक माैलिक लाेकभाकामा गायक कृष्ण रेउलेकै अाधिकारिक युट्युब च्यालबाट सार्वजनिक गरिएकाे थियाे।

खर्क बहादुर बुढाकाे संगित संयाेजन, कृष्ण पुनकाे मिक्सिङ्ग, शेर जि/समीक्षा/ महेश र संगिताद्वारा अभिनित याे लाेकभाकामा महेश महराले छायांकन गरेकाे मालै भिडियाेमा शेर बहादुर डिसिले निर्देशन गरेका छन। साथै एक्सन मिडियाले बजार व्यवस्थापन गरेकाे हाे।

गायक रेउलेका अनुसार याे गित एउटा यस्ताे भावना, जाे यथार्थ नेपालीको माैलिपनकाे वास्तविकता पोखिएको छ, भने अर्को यस्ता मौलिक गीतको जगेर्ना गर्ने एउटा महत्त्वपूर्ण काम भएको गायक रेउलेले बताएका छन् गायक रेउलेका अनुसार “अहिले मेची देखि महाकालीका मौलिक लोक भाकाहरु हराउदौ गएको अवस्थामा यस्ता मौलिक लोक भाकाहरु हराउदै गए भने, नेपालको अस्तित्व र नेपालीपन समेत मेटिने सक्ने भएको हुँदा यस्ता मौलिक लोक भाकाहरुले सर्जक कलाकार, दर्शकर श्राेता अनि राज्यले संरक्षण गर्न जरुरी” भएकाे कुरा अाैल्याउदै सबै कालापार भएको अवस्थामा कयौ नेपाली बृद्द, बुवा/आमा एक्लै गाउँमा दु:खले बाचेको र मृत्युको पर्खाइमा भएको कुरा समाबेश गरिएको यो माैलिक गीत एक पटक सबैले हेर्नका लागि र माैलिक लाेकभाकालाई माया गर्ने नेपाली दर्शक श्राेतामा अनुराेध समेत गरेका छन।

नेपाली समाजमा घट्ने घटनालाई प्रतिबिम्बित याे गितले अहिलेको वास्तविक नेपाल अनि एउटा एक्लो बृद्दको कथा समेटिएको यो गीतमा यथार्थ बेदना समेत पोखिएको छ।

 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...