News Portal

कोरोना भाइरस : चीनबाट फैलिएको नयाँ भाइरसले कसरी उपयुक्त नाम पाउला ?

हिमाली संचार संवाददाता
४९९ पटक

यो भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४०० भन्दा बढीको ज्यान लिइसकेको छ। यसले विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ।

तर यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको छैन। यसलाई केवल ‘कोरोनाभाइरस’ भनिएको छ।

तर त्यो नाम त योसहित विभिन्न भाइरस अर्थात् विषाणुहरू समाविष्ट एउटा समूहलाई जनाउने नाम हो। तत्कालका लागि 2019-nCoV पनि भन्ने गरिएको छ। तर त्यो नाम एकदमै क्लिष्ट छ।

वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन बृहत् छलफल गरेका छन्। उनीहरूले आफूहरूले छिट्टै नयाँ नाम घोषणा गर्ने बीबीसीलाई बताएका छन्।

नाम जुराउन किन यति लामो समय लाग्यो त?

“नयाँ भाइरसको नामकरण गर्न प्राय: ढिलो हुन्छ। अनि अहिलेसम्म जनस्वास्थ्यसम्बन्धी काममा ध्यान थियो,” जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटीका वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनले भनिन्।

तर नामकरण पनि प्राथमिकतामा पर्नुमा विभिन्न कारण भएको उनी बताउँछिन्। यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोनाभाइरस भन्दै आएका हुन्।

सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएका भाइरसलाई कोरोनाभाइरस भन्ने गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले अस्थायी नाम 2019-nCoV प्रयोग गर्न सिफारिस गरेको छ।

यसमा पत्ता लागेको साल २०१९, नयाँ जनाउन एउटा अक्षर n र कोरोनाभाइरसका लागि CoV लेखिएको छ। तर यो नाम त्यति चलेको छैन।

“यसको अहिलेको नाम प्रयोग गर्न सजिलो छैन तथा सञ्चारमाध्यम र सर्वसाधारणले यो भाइरसका अन्य नाम प्रयोग गरिरहेका छन्,” डा. वाट्सनले भनिन्।

“आधिकारिक नाम नहुँदा मानिसहरूले ‘चाइना भाइरस’जस्ता पदावली प्रयोग गर्न सक्ने खतरा हुन्छ। अनि यसले केही समुदायलाई अप्ठ्यारो पार्न सक्छ।”

सामाजिक सञ्जालका कारण अनौपचारिक नामहरू चाँडै स्थापित हुने र तिनको प्रयोग कम गर्न गाह्रो हुने उनको बुझाइ छ।

उक्त भाइरसको औपाचारिक नामकरण गर्ने उत्तरदायित्व ‘इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (ICTV)’ को हो। – बीबीसीबाट

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...