News Portal

कोरोना भाइरस : चीनबाट फैलिएको नयाँ भाइरसले कसरी उपयुक्त नाम पाउला ?

हिमाली संचार संवाददाता
५६९ पटक

यो भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४०० भन्दा बढीको ज्यान लिइसकेको छ। यसले विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ।

तर यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको छैन। यसलाई केवल ‘कोरोनाभाइरस’ भनिएको छ।

तर त्यो नाम त योसहित विभिन्न भाइरस अर्थात् विषाणुहरू समाविष्ट एउटा समूहलाई जनाउने नाम हो। तत्कालका लागि 2019-nCoV पनि भन्ने गरिएको छ। तर त्यो नाम एकदमै क्लिष्ट छ।

वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन बृहत् छलफल गरेका छन्। उनीहरूले आफूहरूले छिट्टै नयाँ नाम घोषणा गर्ने बीबीसीलाई बताएका छन्।

नाम जुराउन किन यति लामो समय लाग्यो त?

“नयाँ भाइरसको नामकरण गर्न प्राय: ढिलो हुन्छ। अनि अहिलेसम्म जनस्वास्थ्यसम्बन्धी काममा ध्यान थियो,” जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटीका वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनले भनिन्।

तर नामकरण पनि प्राथमिकतामा पर्नुमा विभिन्न कारण भएको उनी बताउँछिन्। यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोनाभाइरस भन्दै आएका हुन्।

सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएका भाइरसलाई कोरोनाभाइरस भन्ने गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले अस्थायी नाम 2019-nCoV प्रयोग गर्न सिफारिस गरेको छ।

यसमा पत्ता लागेको साल २०१९, नयाँ जनाउन एउटा अक्षर n र कोरोनाभाइरसका लागि CoV लेखिएको छ। तर यो नाम त्यति चलेको छैन।

“यसको अहिलेको नाम प्रयोग गर्न सजिलो छैन तथा सञ्चारमाध्यम र सर्वसाधारणले यो भाइरसका अन्य नाम प्रयोग गरिरहेका छन्,” डा. वाट्सनले भनिन्।

“आधिकारिक नाम नहुँदा मानिसहरूले ‘चाइना भाइरस’जस्ता पदावली प्रयोग गर्न सक्ने खतरा हुन्छ। अनि यसले केही समुदायलाई अप्ठ्यारो पार्न सक्छ।”

सामाजिक सञ्जालका कारण अनौपचारिक नामहरू चाँडै स्थापित हुने र तिनको प्रयोग कम गर्न गाह्रो हुने उनको बुझाइ छ।

उक्त भाइरसको औपाचारिक नामकरण गर्ने उत्तरदायित्व ‘इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (ICTV)’ को हो। – बीबीसीबाट

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...