News Portal

स्ववियु निर्वाचनमा ग्रामिण क्याम्पसको सभापतिमा पौडेलको उम्मेदवारी

हिमाली संचार संवाददाता
१६८३ पटक

काठमाडौँ १८, २०७६ माघ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरेपछि यतिबेला क्याम्पसहरुको माहोल तातेको छ।

विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी नेताहरु भोट माग्नलाई समेत व्यस्त भैसकेका देखिन्छन।

कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भएपनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन।

विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समयदेखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका छ तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ।

अघिल्ला वर्षहरु विशेषगरि तीन विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यसपटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भएपछि झन यसले धेरैको ध्यान समेत खिचेको छ।

दुई ठुला कम्युनिष्ट पार्टी एक भएर नेकपा गठन भईसकेको अबस्थामा यसपटक कांग्रेसनिकट नेविसंघ र नेकपानिकट अनेरास्ववियु बिच नै प्रस्तीस्पर्धा हुनेछ।

स्ववियु निर्वाचनलाई राजनितिक दलहरुले प्रतिष्ठाको लडाईको रुपमा समेत हेर्ने गरेका छन।

पौडेलले सभापतिमा उम्मेदवारी किन दिदैछन ?

काठमाडौको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारमा अबस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि चुनावी रौनक राम्रैसंग छाएको देखिन्छ।

फाल्गुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिमा महेश पौडेलले आफ्नो दावेदारी प्रस्तुत गरेका छन।

नेविसंघ पर्वतका लोकप्रिय नेता   समेत रहेका पौडेल लामो समयदेखि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको राजनितिमा सक्रिय छन।

पौडेलले पर्वत जिल्लाको फलेवास नगरपालिकाको माद्यामिक तहबाट नेविसंघको राजनैतिक यात्रा सुरु गरेका हुन। उनि ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी माझ लोकप्रिय नेताको रुपमा चिनिन्छन।

विद्यार्थीहरुका हरेक समस्यासंग परिचित भई सो समस्या हल गर्न सधै लागिपरेको कारण नै उनलाई विद्यार्थीहरुले रुचाएको पाईन्छ।

पौडेलको पक्षमा माहोल बढ्दै जाँदा धेरै विद्याथीहरु उनको पक्षमा देखिन्छन। साथै पौडेल निर्विकल्प उमेद्धारको रुपमा रहेको समेत त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउछन।

नेविसंघ पर्वत काठमाडौँ सम्पर्क समितिका सहसचीव समेत रहेका पौडेल, शालिन र क्षमतावान विद्यार्थी नेताका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...