News Portal

तरुणदल माेरङका काेषाध्यक्ष अनिल रिजाल(लक्ष्मी)भए ३ बालककाे लागि देवता

हिमाली संचार संवाददाता
१३८६ पटक

रबिन्द्र बराल – बुबाआमाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा भन्ने समचार प्रसारण भएपछि बुधबार केही सहयोग पाएका छन। माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशी र अामा संन्ताेषि राजबंशीका तीन छाेराहरु अहिले टुहुरा हुन पुगेकाेे खवर अनलाइनमा प्रकाशित भएपछि सहयोग गर्ने संस्थाहरुकाे हात अगाडि बडेकाे छ।

सेताे लामखुट्टेकाे टाेकाईबाट बुबा अामा गुमाएका बालकहरुलाई बुधबार राेटरी क्लव मिट टाउनका पुर्व सचिव एवम् नेपाल तरुणदल माेरङका जिल्ला काेषाध्यक्ष अनिल रिजाल(लक्ष्मी)ले उक्त बालकहरुलाई एक्लो प्रयासमा ५० केजी चामल,अालु २० केजी,५ केजी दाल,५ केजी नुन,एक काटुन च्याउ च्याउ,१० लिटर खाने तेल,ब्लाङकेट,खेलाैना,सिरक दिएको छ। त्यसै राेटरी क्लव बिराटनगर अफ सेन्ट्रलकि अध्यक्ष मल्लिका रिजालले नगद ५ हजार र लत्ताकपडा अनाथ बालबालिका हरुलाई दिएका थिए।

राेटरी क्लवले एक बालकलाई कक्षा १० सम्म खान,लगाउन तथा पढनका लागि निशुल गरिदिने प्रतिवध्ता जानएकाे छ। कार्यक्रममा सेन्ट्रलका उपाध्यक्ष सृजना रिजाल,तरुण दलका अनिल थापा र सुनवर्सि नगरपालिका मेयर काली प्रसाद दासले पिडित बालकहरुलाई नगद १० हजार,सुनवर्सि नगरपालिका काङ्ग्रेसले ३१ सय रुपैयाँ नगद समेत दिएकाे छ।

साे कार्यक्रममा वडाध्यक्ष कमल किशाेर सिहं,स्थानीय बैजनाथ झा लगायतकाे समेत उपस्थित समेत रहेको थियो। नगरपालिकाले खानेपानीकाे तुरुन्तै टुवेल(कल)जडान गरिदिने समेत बताएकाे छ। उनिहरु अहिले चार परिवार एउटा काेठा भएको सानाे घरमा बसिरहेका छन। उक्त घरमा सुत्न का लागि एउटा मात्र खाट रहेको छ। राति उनिहरु बाहिर सानाे वरन्डामा सुत्न बाध्य रहेका छन।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...