News Portal

नेपालले टी–२० विश्वकप क्रीकेटको ग्लोबल छनोट खेल्दै

हिमाली संचार संवाददाता
६४१ पटक

काठमाडौं ०९, २०७६ माघ : नेपालले सोझै सन् २०२१ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न पाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाललार्ई ग्लोबल छनोट खेल्न मौका दिने निर्णय गरेको हो।

आईसीसीको जनवरी १ मा सार्वजनिक गरेको टी–२० वरियताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोटको मौका दिएको हो।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सोझै ग्लोबल छनोटमा स्थान बनाएका छन् । ग्लोबल छनोटमा १६ देशले प्रतिस्पर्धा गर्नेछन।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टोलीका पुछारका चार देश सम्मिलित १२ देशसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टोली विश्वकपका लागि छनोट हुनेछ। नेपाल आईसीसी वरियतामा १२औं स्थानमा छ। जिम्बाबे ११ औं युएई १५औं र हङकङ २०औं स्थानमा छन्। ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...