News Portal

नेपालले टी–२० विश्वकप क्रीकेटको ग्लोबल छनोट खेल्दै

हिमाली संचार संवाददाता
७२२ पटक

काठमाडौं ०९, २०७६ माघ : नेपालले सोझै सन् २०२१ मा भारतमा हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न पाउने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाललार्ई ग्लोबल छनोट खेल्न मौका दिने निर्णय गरेको हो।

आईसीसीको जनवरी १ मा सार्वजनिक गरेको टी–२० वरियताका आधारमा नेपाललाई सिधै ग्लोबल छनोटको मौका दिएको हो।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सोझै ग्लोबल छनोटमा स्थान बनाएका छन् । ग्लोबल छनोटमा १६ देशले प्रतिस्पर्धा गर्नेछन।

नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टोलीका पुछारका चार देश सम्मिलित १२ देशसँग विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टोली विश्वकपका लागि छनोट हुनेछ। नेपाल आईसीसी वरियतामा १२औं स्थानमा छ। जिम्बाबे ११ औं युएई १५औं र हङकङ २०औं स्थानमा छन्। ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ।

प्रतिकृया दिनुहोस्

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...