News Portal

दैनिक एउटा ल्वाङ खानुहोस् स्वास्थ्य रहनुस

हिमाली संचार संवाददाता
५८५ पटक
स्वास्थ्य

ल्वाङ बासनादार फूल हो जसलाई मसलाको रुपमा प्रयोग गरिन्छ। आयुर्वेदका अनुसार यसमा ल्वाङमा युजेनल नामक तत्व र औषधीय गुणहरु प्रशस्त मात्रामा पाइने हुँदा यसको नियमित सेवनले स्वास्थ्यसम्बन्धी विभिन्न समस्यालाई समाधान गर्ने गर्छ ।

हरेक दिन खाना खाएपछि ल्वाङ खाएमा यसले हामीलाई विभिन्न रोगहरुबाट छुट्कारा दिएर स्वास्थ्य राख्न मद्दत पुर्याउछ । ल्वाङमा मानिसको शरीरमा चाहिने एन्टिअक्सिडेन्ट, ‘एन्टी इफ्लेमेटरी’ गुण, पोटासियम र भिटामिन ‘ए’ अत्यधिक मात्रामा पाइन्छ । ल्वाङको नियमित सेवनले शरीरको रोग प्रतिरोधी क्षमतालाई वृद्धि गराएर विभिन्न रोग लग्नबाट बचाउने गर्छ ।

किरा लागेर दाँत दुखेको खण्डमा ल्वाङलाई दाँतमा च्याप्ने गर्दा वा यसको तेललाई अलिकति कपासमा लगाएर दुखेको ठाउँमा राख्दा दाँतलाई केही समयमा नै आराम मिल्ने गर्छ । दैनिक खाना खाइसके पछि एउटा ल्वाङको सेवन गर्नाले मुखमा थुक अर्थात् सलाइवाको उत्पादन बढ्न गइ खानालाई पचाउन मद्दत गर्छ ।

यसका साथै एसिडिटी, ग्यास्ट्रिक अपच तथा पेटसमबन्धि सबै रोगहरुको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । ल्वाङमा हुने एन्टी अक्सिडेन्टले छालालाई नरम र चम्किलो बनाएर अनुहारलाई छिट्टै चाउरी पर्नबाट जोगाउँछ । ल्वाङले शरीरमा कमजोरीपनबाट आउने समस्यालाई हटाउन सहयोग गर्छ । ल्वाङ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गरेर मुटुसम्बन्धि समस्याहरु समेत टाढा भाग्ने गर्छ ।

कतै गाडी तथा प्लेनको लामो यात्रा गर्दा वाकवाकी आउने गर्छ वा कहिले कहिँ आफैँ आउने वाकवाकी र वान्ता आउँछ जस्तो लाग्छ भने ल्वाङको सेवन गर्नु पर्छ, यसले केही हदसम्म समस्या हटेर जान्छ । यसको नियमित सेवनले मुखको दुर्गन्ध पनि हटेर जान्छ । ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, बिहान र बेलुका गरी दुईपटक ल्वाङको चिया पिउनाले अनुहारमा चमक, बलियो दाँत मुखभित्र आउने घाउ खटिरालाई निको पार्नुका साथै पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...