News Portal

दैनिक एउटा ल्वाङ खानुहोस् स्वास्थ्य रहनुस

हिमाली संचार संवाददाता
६३६ पटक
स्वास्थ्य

ल्वाङ बासनादार फूल हो जसलाई मसलाको रुपमा प्रयोग गरिन्छ। आयुर्वेदका अनुसार यसमा ल्वाङमा युजेनल नामक तत्व र औषधीय गुणहरु प्रशस्त मात्रामा पाइने हुँदा यसको नियमित सेवनले स्वास्थ्यसम्बन्धी विभिन्न समस्यालाई समाधान गर्ने गर्छ ।

हरेक दिन खाना खाएपछि ल्वाङ खाएमा यसले हामीलाई विभिन्न रोगहरुबाट छुट्कारा दिएर स्वास्थ्य राख्न मद्दत पुर्याउछ । ल्वाङमा मानिसको शरीरमा चाहिने एन्टिअक्सिडेन्ट, ‘एन्टी इफ्लेमेटरी’ गुण, पोटासियम र भिटामिन ‘ए’ अत्यधिक मात्रामा पाइन्छ । ल्वाङको नियमित सेवनले शरीरको रोग प्रतिरोधी क्षमतालाई वृद्धि गराएर विभिन्न रोग लग्नबाट बचाउने गर्छ ।

किरा लागेर दाँत दुखेको खण्डमा ल्वाङलाई दाँतमा च्याप्ने गर्दा वा यसको तेललाई अलिकति कपासमा लगाएर दुखेको ठाउँमा राख्दा दाँतलाई केही समयमा नै आराम मिल्ने गर्छ । दैनिक खाना खाइसके पछि एउटा ल्वाङको सेवन गर्नाले मुखमा थुक अर्थात् सलाइवाको उत्पादन बढ्न गइ खानालाई पचाउन मद्दत गर्छ ।

यसका साथै एसिडिटी, ग्यास्ट्रिक अपच तथा पेटसमबन्धि सबै रोगहरुको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । ल्वाङमा हुने एन्टी अक्सिडेन्टले छालालाई नरम र चम्किलो बनाएर अनुहारलाई छिट्टै चाउरी पर्नबाट जोगाउँछ । ल्वाङले शरीरमा कमजोरीपनबाट आउने समस्यालाई हटाउन सहयोग गर्छ । ल्वाङ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गरेर मुटुसम्बन्धि समस्याहरु समेत टाढा भाग्ने गर्छ ।

कतै गाडी तथा प्लेनको लामो यात्रा गर्दा वाकवाकी आउने गर्छ वा कहिले कहिँ आफैँ आउने वाकवाकी र वान्ता आउँछ जस्तो लाग्छ भने ल्वाङको सेवन गर्नु पर्छ, यसले केही हदसम्म समस्या हटेर जान्छ । यसको नियमित सेवनले मुखको दुर्गन्ध पनि हटेर जान्छ । ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ । साथै, बिहान र बेलुका गरी दुईपटक ल्वाङको चिया पिउनाले अनुहारमा चमक, बलियो दाँत मुखभित्र आउने घाउ खटिरालाई निको पार्नुका साथै पिनासको समस्याबाट राहत पाउँन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...